काठमाडौं । लकडाउनको तीन महिना पुग्न लाग्दा सरकारले भारतबाट आफ्ना नागरिकलाई नेपाल भित्र्याएको छ । यस्तो अवस्थामा जिल्ला स्तरमा रहेका स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न भने असहज भएको छ ।
जिल्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकाका स्थानीयले पनि भारतबाट आएका नागरिलाई राख्न दिएका छैनन् । जुम्लामा एकीकृत क्वारेन्टाइनको व्यवस्था गिरिएको थियो । जसमा चन्दननाथ नगरपालिकाभित्र रहेका क्वारेन्टाइन स्थलमा स्थानीयले भारतबाट आएका व्यक्तिलाई राख्न दिएनन् ।
भारतबाट आएका व्यक्तिहरू रातिको समयमा छिर्ने गर्दछन् । उनीहरूलाई जिल्लामा छिर्दा सामान्य ज्वरो पनि परीक्षण गरिँदैन । त्यसपछि भारतबाट आएका सबैलाई गाउँपालिका तथा नगरपालिका क्षेत्रमा पठाइन्छन् । जुम्लमामा सात गाउँपालिका र एक नगरपालिका गरी कुल आठ स्थानीय तह छन् । जुम्लामा क्वारेन्टाइन स्थलको राम्रो व्यवस्थापन नभएको स्थानीयको आरोप छ ।
जुम्ला बजार क्षेत्रमा भारतबाट आएका व्यक्तिहरू राति ११ बजे छिरेका थिए । उनीहरुलाई व्यवस्थापन गर्न धौं–धौं भयो । रातिको समयमा आउँदा प्रहरीसँगैको टोली केही समय कुरेको थियो । भारतबाट आएका केही व्यक्तिहरू क्वारेन्टाइनमा नगएर सिधै गाउँ छिरेको त्यहाँका स्थानीय बताउँछन् ।
जुम्ला जिल्ला चन्दननाथ नगरपलिकाकी मेयर कान्तिका सेजुवालले सरकारले अहिले पछिल्लो समय आएर गलत निर्णय लिँदा स्थानीय तहमा भारतबाट आएका व्यक्तिहरूलाई व्यवस्थापन गर्न असहज भएको बताइन् । उनले आइतबारसम्मको व्यवस्थापन गर्न नै कठिनाइ भएको समयमा अझै जुम्लामा भित्रने मानिसहरूको कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको उनले बताइन् ।
“सरकारले अहिले आएर गलत निर्णय गरेको छ । लामो समयपछि भारतबाट धेरै मानिसलाई भित्रन दिएको छ । यस्तो भयाबह स्थितिमा भारतबाट आएका व्यक्तिहरूलाई व्यवस्थापन गर्न धेरै असहज छ । स्थानीय पनि त्रसित छन् । उनीहरूले ती व्यक्तिहरूलाई आफ्नो गाउँ आसपास राख्न दिएका छैनन् । भारतबाट आएका व्यक्तिहरू राति राति आउने भएकाले अझै व्यवस्थापनमा असज हुन्छ । अर्काेतर्फ उनीहरू कतै भागेर गाउँ छिरे कि भन्ने चिन्ता पनि छ,” सेजुवालले बाह्रखरीसँगको कुराकानीमा भनिन् ।
रातिको समयमा आउने मानिसहरूको सामान्य जाँच पनि गरिँदैन । जसका कारण अवस्था झनै गम्भीर छ । भारतबाट आएका व्यक्तिहरू आइतबार राति जुम्ला बसपार्क पुगका थिए ।
प्रहरीको निगरानीमा पुगेका व्यक्तिहरू पनि भागेर गाउँ छिरेको स्थानीय राजन महत बताउँछन् । भारतबाट आएका व्यक्तिहरूको संख्या र उनीहरू सही रूपमा क्वारेन्टाइनमा बसेको विवरण स्थानीयलाई बुझाउनु पर्ने उनको भनाइछ ।
त्यस्तै जुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद देवकोटा पनि यसरी मानिसहरू जिल्लामा आउने क्रम जारी रहेका व्यवस्थापन गर्न केही असहज हुने बताउँछन् । कोरोना भाइरसका कारण नै सबै ठाउँमा भयाभह अवस्था भएकाले जिल्ला छिर्ने व्यक्तिहरूलाई स्थानीयले क्वारेन्टाइनमा राख्न नदिएको उनले बताए ।
“आइतबारसम्म जुम्लाको अवस्था सामान्य थियो । सोमबार जिल्लामा १९ जना संक्रमित भेटिएपछि अवस्था केही गम्भीर भएको हो । स्थानीयहरू पनि त्रसित भएर क्वारेन्टाइनमा राख्न नदिएका हुन् । हालसम्म क्वारेन्टाइनमा बस्ने ठाउँकै अभाव भने भएको छैन । जति सक्यो राम्रो र सहज व्यवस्थापनमा हामी जुटेका छौं । यस्तो अवस्थामा स्थानीयले साथ दिए अवस्था सामान्य बनाउन सकिन्छ । अहिलेसम्म भारतबाट आएकाहरू गाउँ छिरेको भन्ने छैन । स्थानियलाई कति जाना भारतबाट जुम्ला छिरे र कुन अवस्थामा छन् भन्ने बुझाउने प्रयासमा छौं,” देवकोटाले भने ।
जिल्लमा भारतबाट आएका मानिसहरू बजार क्षेत्रबाट गाउँमा छिरेको स्थानीयहरूले बताइरहँदा सिँजा क्षेत्रमा भने यसको डर दोब्बर छ ।