site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५० प्रतिशत भ्याट छुट दिन डेरी व्यवसायीहरुको माग
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । डेरी उद्योगीहरुले दुग्धजन्य वस्तुको उत्पादनमा ५० प्रतिशत भ्याट छुट पाउनुपर्ने माग गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि डेरी क्षेत्रमा असर परेको भन्दै राहत स्वरुप भ्याटमा छुट दिनुपर्ने माग गरेका हुन् । नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले सरकारले पहिला दिँदै आएको ५० प्रतिशत भ्याट छुट फेरि दिनुपर्ने बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पछिल्लो केही वर्षयता सरकारले डेरी उद्योगहरुलाई दिँदै आएको भ्याट छुट रोकेको थियो । यस्तै विद्युत महसुलमा समेत ५० प्रतिशत छुट पाउनुपर्ने माग व्यवसायीहरुले गरेका छन् । उनले लकडाउनका कारण दूध संकलनमा समस्या भएको र ८० प्रतिशत बजार पनि बन्द भएको अवस्थामा दूध किसान, वितरक र डेरी उद्योगी सबैलाई राहतको आवश्यकता रहेको बताए ।

यस्तै लकडाउन पछि डेरी उद्योग सञ्चालन गर्न र किसानलाई भुक्तानी गर्न चालु पुँजीको अभाव हुने भएकाले सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने माग व्यवसायीहरुको रहेको उनले बताए ।

Royal Enfield Island Ad

यसबाहेक कर्जाको पुनर्तालिकीकरण गर्न समेत महासचिव दाहालले माग गरे । सरकारले व्यवसायी र किसान दुवै पक्षलाई राहत नदिए लकडाउनपछि व्यवसाय बन्द गर्नुको विकल्प नभएको समेत उनले बताए ।

देशभर दैनिक ६२ लाख दूध उत्पादन हुन्छ । जसमध्ये ३१ लख लिटर दूध बजारमा आउँछ । त्यसमध्ये पनि करिब १७ प्रतिशत मात्र औपचारिक डेरी उद्योगबाट बजारमा दूध आउने गरेको छ ।

बाँकी ३३ प्रतिशत अनौपचारिक क्षेत्रबाट खुला रुपमा बजारमा आउने गर्छ । पछिल्लो समय लकडाउन भएपछि करिब ८० प्रतिशत दूधको बजार बन्द भएको छ । जसका कारण डेरीसँग भएको करिब ५ अर्ब रुपैयाँ बराबरको दुधको स्टक बिक्री हुन सकेको छैन । यस्तै दूध संकलन हुन नसक्दा ३ अर्ब रुपैयाँ बढीको नोक्सानी भएको दाहालले बताए । 

सांकेतिक तस्बिर
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  २०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro