site stats
बाह्रखरी :: Baahrakhari
विशेष
पाकिस्तानमा भएको विमान दुर्घटनामा ११ जनाको मृत्यु 

इस्लामावाद । पाकिस्तानको कराचीमा भएको विमान दुर्घटनामा ११ जनाको मृत्यु भएको जनाइएको छ । 

९१ यात्रु र आठ चालक दलका सदस्य रहेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्स एयरबस ए ३२० यात्रुबाहक विमान पाकिस्तानीको दक्षिणी सहर कराचीमा शुक्रबार दिउँसो दुर्घटना भएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लाहुरबाट उडेको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने बताइएको छ । बीबीसी रिपोर्टअनुसार एकजना दुर्घटनाबाट बाँच्‍न सफल भएका छन् । 

मोडेल आवासीय क्षेत्रमा दुर्घटना हुँदा ठूलो कालो धुवाँ निस्किएको थियो । उक्त क्षेत्रमा कयौं घरहरुमा क्षति पुगेको बताइएको छ । 

उक्त विमानले दिउँसो २:३० बजे एयर ट्राफक कन्ट्रोलसँगको सम्पर्क विच्छेद भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले जनाएका छन् । 

एक प्रत्यक्षदर्शीका अनुसार चारवटा घरहरु पूर्णरुपमा क्षति भएका छन् । त्यहाँ एकदम ठूलो आगलागी भएर धुवाँ निस्किएको थियो । 

सिन्ध प्रान्तका मुख्यमन्त्रीले कराचीमा सम्पूर्ण अस्पतालमा आपतकाल घोषणा गरेर तत्काल उपचार र उद्धारमा खटिन आग्रह गरेका छन् ।

विमान दुर्घटनाको कारण भने अहिलेसम्म पुष्टि हुन सक्को छैन । - बीबीसी 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १९:४२
प्रतिक्रिया दिनुहोस्