site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१२ सय ३६ भारतीय मजदुर फर्किए
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । दाङका विभिन्‍न इँटा उद्योगबाट गएराति १२ सय ३६ भारतीय मजदुर घर फर्किएका छन् । जिल्लाका घोराहीदेखि तुलसीपुरसम्म मजदुरी गर्दै आएका मजदुरलाई इँटा व्यवसायीको खर्चमा बसमा राखेर सीमाना नाकासम्म पुर्‍याइएको हो । 

जिल्लाका शिवशक्ति, जलजला, गोल्डेन, शुभम्, सोनी, जेके , प्रविन, मनकामना, राप्ती, बबई, अम्मरलगायत इँटा भट्टामा काम गर्ने मजदुरलाई २१ वटा बसमा राखेर बाँकेस्थित जमुनाह नाकामा लगेर छाडिएको प्रहरी प्रशासनले जानकारी दिएको छ ।

भारतीय सुरक्षा अधिकारीसँग छलफल गरेर उनीहरुको इच्छाअनुसार घर फर्काइएको हो । दाङका विभिन्‍न इँटा उद्योगमा पाँच हजार बढी मजदुरहरु कार्यरत रहेको अनुमान छ । घर जान इच्छुक र अति आवश्यक काम परेकाहरुलाई पठाइएको इँटा उद्योगीहरुले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement