site stats
बाह्रखरी :: Baahrakhari
देश
देउखुरीको सामुदायिक वनमा आगलागी

दाङ । देउखुरीको एक सामुदायिक वनमा आगलागी भएको छ । गढवा गाउँपालिका वडा नं ४ को सालझुण्डी सामुदायिक वनमा आगलागी भएको हो।

मङलबार दिउँसो  जङ्गलमा लागेको आगोलाई कोरोना नियन्त्रणको लागि परिचालित युवा तथा उपभोक्ताले नियन्त्रणमा लिएका छन । युवाहरुको टोलि तथा सामुदायिक वनको उपभोक्ताहरुको सहयोगमा मंगलबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको सालझुण्डी सामुदायिक वनका अध्यक्ष राम लक्ष्मण शाहले जानकारी दिए ।

Argakhachi Cement Island Ad

बिहान साढे एघार बजे सम्म बनमै गस्ती गर्दा आगलागी नभएको बताउदै शाहले लकडाउनको समयमा बनमा घुम्न जाने, खजुरी खान जानेहरुले चुरोट खाएर ठुटो ननिभाएर फाल्दा आगलागी भएको हुन सक्ने बताएका छन । 

आगलागीबाट लगभग ५ हेक्टर बराबर क्षेत्रफलमा रहेका बोटबिरुवा जलेर क्षति भएको छ । सुख्खा मौसममा डढेलो लाग्ने सम्भावना बढेकोले उपभोक्ताहरु जागरुक भइ बन संरक्षणको लागि नियमित गस्ति र सचेतना फैलाउनका लागि सबै तदारुकताका साथ लाग्नु पर्ने डिभिजन वन कार्यलय लमहीका प्रमुख प्रबीण बिडारीले बताएका छन् ।


 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  २१:५५
प्रतिक्रिया दिनुहोस्