site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना संक्रमण नदेखिएपछि क्‍वारेन्टाइनमै सुत्केरी भएकी आमा र दुई शिशु डिस्चार्ज
Sarbottam CementSarbottam Cement

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको क्‍वारेन्टाइनमा रहँदा जुम्ल्याहा जन्माएकी तुलसीपुर उपमहानगरपालिका १३ की अनीता यादवसहित दुई बच्चालाई डिस्चार्ज गरिएको छ । स्वास्थ्य सामान्य भएपछि उनीहरुलाई आइतबार डिस्चार्ज गरिएको हो  ।

तुलसी हस्पिटल प्रालिमा उपचार गरेकी आमा र दुई छोरीको अवस्था सुधार भएपछि डिस्चार्ज गरिएको डा. किशोर खत्रीले बताए । उनले तुलसीपुर उपमहानगरपालिकाका क्‍वारेन्टाइनमा रहेकै बेला दुई बच्चा जन्माएकी थिइन् । भारतबाट हिँडेर चारदिनमा घर आएकी उनलाई वैशाख २५ गते क्‍वारेन्टाइनमा लगिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

क्‍वारेन्टाइनमा लगिएको अर्को दिन २६ गते साँझ उनलाई व्यथा लागेपछि अस्पताल लगिएको थियो । लगतै २६ गते राति सवा ९ बजेतिर दुई छोरी जन्माएकी थिइन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि तुलसीपुरस्थित तुलसी हस्पिटल प्रालिमा एनआईसीयूमा राखेर उपचार गरिएको थियो ।

दुवै बच्चाको तौल सामान्यभन्दा कम भएकाले एनआईसीयूमा राखेर उपचार गरिएको हो । पहिलोपटक जन्मेको बच्चाको तौल डेढ केजी थियो, भने दोस्रोपटक जन्मेका बच्चाको तौल १ केजी २५ ग्राम थियो ।

Global Ime bank

दुवै बच्चा र आमाको उपचार अस्पतालले निःशुल्क गरेको थियो । साथै आमा र दुवै शिशुको स्वाब रिपोर्टसमेत कोरोना नेगेटिभ आएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement