site stats
बाह्रखरी :: Baahrakhari
विशेष
रोल्पाको क्‍वारेन्टाइनमा मृत्यु भएका परियार दमका बिरामी थिए

वैशाख । रोल्पामा क्‍वारेन्टाइनमा रहेका एक व्यक्तिको मृत्यु भएको छ । माडी गाउँपालिका-२ पारिवाङको क्‍वारेन्टाइनमा राखिएका ६२ वर्षीय टुलबहादुर परियारको सोमबार राति ११ बजे मृत्यु भएको हो । इट्टाभट्टाबाट परिवारसँगै फर्किएका परियार ५ दिनदेखि क्‍वारेन्टाइनमा थिए ।

पारिवारिक स्रोतका अनुसार उनी दमका बिरामी थिए । दमको बिरामी भएपछि परियार तिहार लगत्तै उपचारका लागि काठमाडौ गई परिवारसँगै भट्टामा बसेका थिए । उनको वीर अस्पतालमा उपचार हुँदै आएका थियो । कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण लकडाउन गरिएपछि परिवारसँगै परियार गाउँ फर्किएका थिए ।

Argakhachi Cement Island Ad

गाउँपालिकाले काठमाडौं लगायतका विभिन्‍न ठाउँबाट आएका मजदुरलाई अनिवार्य क्‍वारेन्टाइनमा राख्‍ने गरिएको छ ।

पारिवाङमा क्‍वारेन्टाइन गरिएकाको सोमबार थर्मल गनबाट ज्वारोसमेत जाँच गरिएको थियो । जाँचका क्रममा उनलाई ज्वरो देखिएको थियो । मृतकको स्वाब संकलनका लागि रेउघा अस्पतालबाट चिकित्सकको टोली गाउँ पुगेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।

मृतकका परिवारका अन्य सदस्य क्वारेन्टाइनमा रहेकाले आफन्त र छिमेकीले सावधानी अपनाई दाहसंस्कार गर्न भनिएको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिए ।

यसैबीच जिल्लाका अधिकांश विद्यालयलाई क्‍वारेन्टाइनमा परिणत गरिएको छ । आइतबार सम्म ६ हजार ३ सय ८९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्लाका दशवटा पालिकाका विभिन्‍न विद्यालयमा जिल्ला बाहिरबाट आउनेलाई क्‍वारेन्टाइन गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १७:३०
प्रतिक्रिया दिनुहोस्