site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङबाट ४ जना सिकारी पक्राउ 

दाङ । डिभिजन वन कार्यालय दाङको गस्ति टोलीले पश्‍चिम दाङबाट चारजना सिकारीलाई हतियारसहित पक्राउ गरेको छ ।

मंगलबार बेलुकी शान्तिनगर गाउँपालिका वडा नं ५ स्थित हात्तिखाल सामुदायिक वन क्षेत्रबाट चार जना सिकारी, उनीहरुले प्रयोग गरेको ४ वटा मोटरसाइकल र १ थान भरुवा बन्दुकसहित पक्राउ गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं ५ का मधु शाह, गंगाराम चौधरी, शुकराम चौधरी र रामबहादुर चौधरी रहेका छन । 

वन्यजन्तु सिकारी गर्नका लागि १५ जनाको टोली वन क्षेत्रमा प्रवेश गरेको सुकारी पाएपछि डिभिजन वन कार्यालय दाङबाट गएको टोलीले वनमा खोजी गर्दै जादा वन्यजन्तु मार्नका लागि तयारी अवस्थामा बसेका चार जनालाई पक्राउ गरेको डिभिजनल अधिकृत ज्ञवालीले जानकारी दिए ।

डिभिजन वन कार्यालयबाट २२ जनाको टोली गस्तिमा गएको थियो । वन क्षेत्रको ५ स्थानमा लुकेर जनावर मार्ने घाट बनाएको सूचनाका आधारमा वन क्षेत्रमा खोजतलास गरिएपछि थप सिकारी पक्राउ नपरेको ज्ञवालीले बताए ।

सहायक वन अधिकृत सिद्धान्त बरालको नेतृत्वमा टोलीले सिकारीलाई पक्राउ गरेको र अरु सिकारीहरु समेत वन क्षेत्रमा भएको सूचना पाएपछि डिभिजन वन कार्यालयले प्रहरीको सहयोग मागेको थियो । प्रहरी निरिक्षकको नेतृत्वमा ८ जना प्रहरी र वनकर्मीहरुले वन क्षेत्रमा खोजतलास गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  २१:३९
प्रतिक्रिया दिनुहोस्