site stats
बाह्रखरी :: Baahrakhari
विशेष
 ९२ हजार १२५ किलो टमाटर नष्ट गरियो

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले भारतबाट ल्याइएको टमाटर नियन्त्रणमा लिएर नष्ट गरेको छ । 

भारतबाट टमाटर आइरहेको खबर पाएपछि बेलदमार पुगेर टमाटर नियन्त्रणमा लिएको संघका महासचिव नरेशकार्कीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

टमाटर ल्याउने पक्षसँग कहाबाट ल्याएको र कहाँ लैजाने भन्ने कुनै आधिकारिक प्रमाण नभएको कार्कीले बताए । सो गाडी नेपाली भए तापनि टमाटर भने भारतबाट ल्याएको भन्ने धेरै आधारहरु भेटिएपछि संघमा ल्याएर सरोकारवालाहरु सँगको छलफलपछि नष्ट गर्ने निणय गरेको हो ।  

लु१च १९६२ नम्बरको गाडीमा ल्याउँदै गरेको ८५ क्यारेड ९२ हजार १२५ किलो टमाटर नियन्त्रणमा लिएको संघका अध्यक्ष नाराणणप्रसाद भुसालले जानकारी दिए । संघले बाहिरी जिल्लाबाट तरकारी तथा फलफूल ल्याउन रोक लगाएको छ । तर व्यवसायीहरुले अटेरी गरेर ल्याएकाले नियन्त्रमा ल्याएको संघले जनाएको छ ।

टमाटर नियन्त्रणमा लिनका लागि संघका अध्यक्ष नारायणप्रसाद भुसालको नेतृत्वमा संघका कोषाध्यक्ष सुशील पोख्रेल र सदस्य महेन्द्र बुढाथोकीको सहभागिता रहेको थियो ।

नियन्त्रमा ल्याएको टमाटर  घोराही उप महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डे, वडानं १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, वडा नं १६ का वडाअध्यक्ष ताराबहादुर डि सी, वडा नं ४ का वडा अध्यक्ष भीमबहादुर सार्की, वडा नं १४ का वडा सदस्यहरु  गुलाम रसुल, लछुमान बुढा, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुवराज श्रेष्ठ (भारी), संघका पदाधिकारीहरु तथा दाङ चेम्बर अफ कर्मसका अध्यक्ष श्रीधर महरा लगायतको सहभागितामा नष्ट गरिएको हो ।

केही दिन यता तरकारी वितरणमा जन गुनासो आएपछि संघले व्यवस्थित  वितरणका लागि थप रणनीतिहरु अगाडि बढाएको र आगामी दिनमा यसै उप महानगरपालिका भित्रका कृषि उत्पादनहरुलाई बजारमा ल्याउनका लागि सबै वडाका अध्यक्षहरुसँग छलफल र परामर्श अगाडि बढाएको महासचिव कार्कीले  बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १९:२९
प्रतिक्रिया दिनुहोस्