site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
 तब न गणेशमान

जनआन्दोलनको प्रचार प्रसार र त्यसका पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउन नेपाली कांग्रेसले युवा नेता चक्रप्रसाद बाँस्तोलालाई दिल्ली खटाएको थियो । विसं २०४६ सालको फागुन ७ गते सुरु भएको आन्दोलनमा जनसहभागिता बढदै जाँदा पाटनलाई जनताले मुक्ति क्षेत्र घोषणा गरी प्रहरी प्रशासनको प्रवेशमा रोक लगाएका थिए । चक्र जनआन्दोलन बारे मिडियालाई ‘ब्रिफ’ गर्ने र भारतीय नेताहरुको नैतिक समर्थन जुटाउने काममा व्यस्त थिए । तर, कता कता उनलाई शंका लागेको थियो – कतै भारतले एकातिर बहुदल पक्षलाई समर्थन गरेको देखाउने र अर्कोतिर राजासँग कुनै संझौता गर्ने पो हो कि ? 

त्यति बेला चक्रसँगै रहेका हरि शर्माको प्राध्यापक भवानी सेनगुप्तासँग राम्रो सम्बन्ध थियो । हरि उनकै मातहतमा रहेर अध्ययन अनुसन्धान गरिरहेका थिए । चक्र र हरिले प्राध्यापक सेनगुप्तासँग नेपालको आन्दोलन बारे भारतको रणनीति के हुन सक्छ भनेर बुझ्न चाहेको बताए । भारतीय विदेश सचिव एसके सिंह अवकाश पाउने समय आइसकेको थियो । दुवे थरका प्रशासक सचिव हुने क्रममा थिए । भारतीय संस्थापन र कर्मचारी वृत्तमा राम्रो सम्बन्ध भएका सेनगुप्ताले भने – ‘‘ठीक छ भोलि म दुवेलाई भेट्दै छुु । नेपालको बारेमा भारत सरकारले के सोचिरहेको छ भन्ने पत्ता लगाउँला ।’’ इन्डिया इन्टरनेसनल सेन्टरमा दुवेसँग लन्च मिटिङ गरेर फर्किएपछि प्रा. सेनगुप्ताले भनेका थिए – ‘‘प्रधानमन्त्रीको विशेषदूतका रुपमा विदेश सचिव एसके सिंह नेपाल जाँदैछन् । एउटा मस्यौदा लिएर । भारत सरकार राजासँग सम्झौता गर्न खोज्दै छ । ऊ जानुभन्दा पहिले तिमीहरु केही गर्न सक्छौ भने गर ।’’ 

चक्र र हरि आत्तिँदै नरेन्द्र निकेतन (डेरा) पुगे । त्यहाँ त चक्रलाई खोज्दै समाजवादी नेता चन्द्रशेखर पहिलेदेखि बसिरहेका रहेछन् ।  देख्नेबित्तिकै भने – ‘‘तुम नेपाली लोग कहाँ गए इतना दिन हो गया ?’ मासु नखाने चन्द्रशेखर बिरियानीको भाडो बोकेर पुगेका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

चक्र : भवानी सेन गुप्ता के पास गए थे चन्द्रशेखर जी । 

चन्द्रशेखर : उसको तो मालुम रहता है यहाँ का बात । क्या बोला उसने ?

Royal Enfield Island Ad

चक्रले हरिलाई बोल्न इसारा गरे । 

हरि : उन्हो ने कहा की विदेश सचिव एसके सिंह जा रहा है नेपाल । भारत सरकार के विशेषदूतके रुपमा । भारत सरकार राजाके साथ कोही संझौता करना चाहता है । 

चन्द्रशेखर : नही, गुजराल (तत्कालीन विदेश मन्त्री आईके गुजराल) तो हमको कह रहाथा की कोही नही जाएगा । कोही निगोसियसन नही होगा । 

चन्द्रशेखरले त्यहीँबाट आफ्ना सचिवलाई विदेशमन्त्री गुजरालसँग फोनमा सम्पर्क गर्न अह्राए । संयोग, फोन लाग्यत्त । अनि उनले भने – ‘‘ठीक है हम देखेंगे । कल आपलोग पार्लियामेन्ट मे आ जाना । मै बोल लेता हुँ ।’’ 

भोलिपल्ट चक्र र हरि संसद् भवन पुगे । हरिले लेखकलाई सुनाए – ‘‘चन्द्रशेखरजीले त्यो दिन लोकसभा (संसद्) मा चर्चित र ऐतिहासिक भाषण दिनुभयो । एउटा सार्वभौम राष्ट्रको सरकारले अर्को सार्वभौम राष्ट्रको सरकारसँग अहिलेको स्थितिमा संझौता गर्‍यो भने यो संसद्ले स्वीकार नगर्न सक्छ । त्यसलाई खारेज गर्न पनि सक्छ ।’’ 
गणेशमान सिंहको निवास चाक्सीवारीमा भएको नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा उपस्थित भएर जनआन्दोलनलाई नैतिक बल दिएका चन्द्रशेखरले नै भारतीय संसद्मा ऐतिहासिक सम्बोधन गरी राजासँग संझौता नगर्न सरकारलाई कडा चेतावनी दिए । 

भूटानीकरण : भारतको चाहना 

तनाशाही पञ्चायती व्यवस्था मुर्दावाद ।

बहुदलीय व्यवस्था जिन्दावाद ।

प्रजातन्त्र ल्याउछाैँ ल्याउछौँ ।

भन्ने नारा देशभर गुञ्जिरहेको थियो । आन्दोलनमा उर्लिएको जनसहभागिताबाट त्रसित पञ्च प्रशासन दमनमा उत्रियो । 

चैत्र १६ गते पाटनका जनताले पाटनलाई पञ्चायती शासन ‘मुक्त क्षेत्र’ घोषणा गरे । सबै प्रहरी सहरबाट भगाए । जिल्ला प्रहरी कार्यालयका झन्डै सय प्रहरीलाई ६० घन्टासम्म बन्दी बनाए । यसबीच प्रहरीको गोलीबाट सगर सिंह र ज्ञानबहादुर साहीको मृत्यु भइसकेको थियो । त्यो घटनाबाट जनता प्रहरी प्रशासनप्रति झनै आक्रोशित भए । 

पाटन भित्रिने सबै बाटामा खाडल खनेर गाडीको प्रवेशमा रोक लगाइयो । मन्दिरै मन्दिरको सहर पाटनमा सेना र प्रहरी प्रवेश गरेको देख्नेबित्तिकै खतराको घन्टी बजाउन थालियो । त्यसरी घन्टी बजेपछि हँसिया, तरबार, भालाजस्ता घरमा भएका हतियार लिएर जनता आक्रमणमा आउने व्यवस्था मिलाइएको थियो । पाटनमा सरकारको प्रवेश पूर्णरुपमा बन्द भएपछि पञ्चहरु अप्ठेरोमा परे । बहुदलवादीको मोर्चा तोड्न सयभन्दा धेरै प्रहरीका साथ सडक विभागको डोजर रिङरोडबाट पाटन छिराउने प्रयास भयो । तर आक्रोशित जनताले आक्रमण गरी डोजर जलाई दिए । प्रहरीको भागाभाग भयो ।’’

‘‘त्यही दिन भारतीय विदेश सचिव एसके सिंहको नेतृत्वमा ११ सदस्यीय प्रतिनिधि मण्डल काठमाडौं आइपुग्यो । नेपाल भारत व्यापार तथा वाणिज्य सन्धि नवीकरण नभएका कारण उत्पन्न समस्या बारे छलफल गर्न प्रतिनिधि मण्डल नेपाल आएको बताइएको थियो ।’’ 

चार दिने भ्रमण वाणिज्य सन्धि बारे छलफल गर्न भएको भनिए पनि आन्दोलन उत्कर्षमा रहेका बेला नेपाललाई अप्ठेरोमा पारी भुटान बनाउने रणनीतिअन्तर्गत भएको थियो । 

दरवारका प्रमुख सचिव रेवतीरमण खनाल लेख्छन् – ‘‘विदेश सचिव सिंहद्वारा दस दफाको एउटा प्रस्ताव प्रधानमन्त्री मरिचमानमार्फत् राजामा आयो । त्यसमा हस्ताक्षर गरी स्वीकृति दिए पञ्चायत जोगाई दिन्छाैँ भन्ने आश्वासन थियो । तर, राजा वीरेन्द्रले देशको स्वतन्त्रतामाथि आँच आउने कुरामा सम्झौता नगर्ने बरु राष्ट्रिय शक्तिसँगै वार्ता गर्ने भनेर फर्काइयो ।’’

यही प्रसंगमा राष्ट्रिय पञ्चायतका तत्कालीन अध्यक्ष नवराज सुवेदी लेख्छन् – ‘‘त्यो प्रस्ताव मानेको भए नेपालको जलस्रोतमा भारतको आधिपत्यमात्र कायम हुने थिएन, नेपालले भारतको सुरक्षा छातासमेत स्वीकार्नुपथ्र्याे । भुटान बनाउने त्यो प्रस्ताव राजाले मानेनन् ।’’

राजा वीरेन्द्रले त्यही बेला भनेका थिए ‘‘देशको स्वतन्त्रता म आफ्नो स्वार्थका निम्ति बलि दिन्न । राजसंस्था यसै कारण जान्छ भने पनि जाओस् । तर, म भुटानको राजा हुन चाहन्न । बरु पञ्चायत र आफूलाई बलि दिन्छु ।’’

यसबीच केही पञ्चहरुले पञ्चायत जोगाउन नसकिने भन्दै मरिचमान सिंहलाई हटाएर राजतन्त्र जोगाउन राजालाई सल्लाह दिए । दरवार निकट भारदार र पञ्चहरुसँगको परामर्शमा राजा भन्ने गर्थे – ‘‘आफ्ना भनिएका सबैबाट धोका भयो । सबै ठीक छ भन्दाभन्दै सबै सकिए छ । अब के गर्ने ? सल्लाह देऊ ?’’

कतिपय पञ्चहरुले समेत राजालाई त्यही बेला भनेका थिए  – ‘‘सरकार पञ्चायत त गई नै सक्यो । राजसंस्था बाँच्छ । प्रधानमन्त्री मरिचमान सिंहलाई खोसी बक्सियोस् । आन्दोलनको छानबिन गर्न जाँचबुझ आयोग बनाई नयाँ मन्त्रीमण्डल बनाएर आन्दोलनकारीसँग वार्ता गर्ने अधिकार बक्सियोस् ।’’

राजालाई यस्तै सल्लाह दिने अर्का व्यक्ति थिए दरवारका प्रमुख सचिव रेवतीरमण खनाल । उनी लेख्छन् – ‘‘मैले बिन्ती गरेँ । सरकार प्रसिद्ध ज्योतिषी कुलानन्द ढकालले नुवाकोटबाट राजधानी सार्ने सल्लाह दिँदा उपत्यकाका तीन सहर (भादगाउँ, पाटन र काठमाडौं) मध्ये काठमाडाैंमा राख्यो भने मूलकाजी (प्रधानमन्त्री) लाई पिर्छ, एकपटकमा बढीमा साढे दुई वर्षभन्दा त कोही हुँदै हुँदैन भनेका थिए ।’’ 

खनालले इतिहास स्मरण गराए – ‘‘सरकार ! ३१ वर्ष भिमसेन थापाले मुख्तियार भएर चलाए, प्रधानमन्त्री होइन । श्री ३ महाराजको पदवी लिएकाले मात्र राणाहरु (जंगबहादुर, वीरशमशेर, चन्द्रशमशेर, जुद्वशमशेर) धेरै टिकेका हुन् । त्यसपछि सबै भन्दा लामो (साँडे चार वर्ष) टिकेको यही सरकार  हो । त्यसैले विरोध भएको हो । ‘‘मरिचमानप्रतिको आक्रोश हटाएर जनताको ध्यान अन्त मोड्न पनि प्रधानमन्त्री फेर्नु उचित होला ।’’ 

राजा मरिचमानलाई हटाउने निष्कर्षमा पुगे । 

राजा : मरिचमान तिमी अहिले छोड । 

मरिचमान : एकपटक मन्त्रीमण्डल पुनर्गठन गरी स्थिति सम्हाल्ने मौका पाऊँ सरकार । 

राजा : भैगो ल गर । 

मरिचमान : सरकार ककसलाई मन्त्रिपरिषद्मा राखौँ ?

राजा : तिमीले म ठीक गर्छु एउटा मौका पाऊँ भनेको होइन ? जजसलाई राखेर गर्छु भन्ने आँट छ, तिनैलाई राख । 

विसं २०४३ असार २ गते प्रधानमन्त्री बनेका मरिचमान सिंहले २०४६ साल चैत्र १९ गते पाचांै र अन्तिम पटक मन्त्रीमण्डल विस्तार गरे । त्यसले आन्दोलनकारीलाई झनै उत्तेजित बनायो । 

नारायणहिटीमा एउटा बैठक

चैत्र २० गते कीर्तिपुरमा निस्किएको अपार जुलुसलाई नियन्त्रण गर्न हेलिकप्टरबाट अन्दाधुन्द अश्रुग्यास छोडिन थाल्यो र खेतमा गोलीका बाकस खसालियो । अनि प्रहरीले जनतामाथि अन्दाधुन्द गोली बर्साए ।’’ 

कीर्तिपुरमा एकै दिन चार जना सहिद भए । त्यही राति आठ बजे ठूलो जुलुस निस्कियो र कीर्तिपुरलाई मुक्ति क्षेत्र घोषणा गर्यो । आन्दोलन चुलिँदै जाँदा सरकारले कर्फ्युको घोषणा गर्‍यो तर पनि उर्लिएको जनताको भेललाई रोक्न सकेन । अनिमात्र राजा मरिचमान सिंहलाई हटाउने निर्णयमा पुगे । 

चैत्रको तेस्रो साताको कुरा हो । एक दिन बेलुका ७ बजे नारायणहिटी दरवारमा पूर्वप्रधानमन्त्री र राष्ट्रिय पञ्चायतका अध्यक्षहरुसँग राजाले परामर्श गरे । राजधानीमा कफ्र्यु लागेकाले सबै वरिष्ट पञ्चहरुलाई लिन उनीहरुका घर घरमा शाही नेपाली सेनाको भ्यान पठाइएको थियो । बैठकमा पूर्व प्रधानमन्त्रीहरुमा सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, लोकेन्द्रबहादुर चन्द थिए । अध्यक्षहरुमा विश्वबन्धु थापा, राजेश्वर देवकोटा, रामहरि शर्मा र नवराज सुवेदी थिए । 

राजा : आज म तिमीहरुसँग धेरै कुरा गर्दिन । संविधानबाट ‘निर्दल’ भन्ने शब्द हटाउँछु । मेरो अध्यक्षतामा मन्त्रीमण्डल बनाउँछु । यस्तो अवस्थामा तिमीहरुजस्ता वरिष्ट राजनीतिज्ञहरुको सहयोग चाहिन्छ । तिमीहरुमध्ये को बस्छौ ? को बस्दैनौ ? हुन्छ वा हुन्नमा जवाफ देऊ । 

बैठकमा पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले भने – ‘‘सरकार के गर्न लागिबक्सेको ? आगोको भुङग्रोमा किन शरीर राखि बक्सन्छ ? यत्रा सरकारका सेवक छौँ । कसैलाई बक्से त भैहाल्यो नि ?’’ 

अन्त्यमा राजाले भने ठीक छ लोकेन्द्र (लोकेन्द्रवहादुर चन्द) तिमी नै मन्त्रीमण्डल बनाऊ र आन्दोलनकारीसँग वार्ता सुरु गर ।’’ 

चैत्र २४ गते बिहान ११ बजे चन्दको शपथ ग्रहणको कार्यक्रम तय गरिएको थियो तर काठमाडौंमा आन्दोलनले जतातैबाटो अवरुद्ध भएपछि चन्द अपराह्न चार बजेमात्र नारायणहिटी दरवार पुग्न सके । प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा समेत दरवारमार्गमा आन्दोलनकारीले लगाएको नारा सुनियो । पूरै दरबार क्षेत्र सेनाका बख्तरबन्द गाडीले घेरिएको थियो । नयाँ सरकारले आन्दोलनकारी नेपाली कांग्रेस र संयुक्त वाम मोर्चासँगको वार्तालाई तीव्र गतिमा अघि बढायो । 

अन्ततः चैत्र २६ गते बहुदल दिन राजा बाध्य भए । राजाको घोषणासँगै जनआन्दोलन स्थगित भयो । आन्दोलनकारीको पञ्चायतअन्तर्गतका सबै निकाय खारेज हुनुपर्ने माग कायमै थियो । स्वयं सर्वोच्च नेता गणेशमान सिंहले दरबारबाट बारम्बार धोका भएको भन्दै राजाले सबै माग पूरा नगरे जनताले जुनसुकै बेला आन्दोलन गर्ने चेतावनी दिएका थिए । 

दरबारले भने आलटाल गरिरहेकै थियो । दलहरुका माग सम्बोधन गर्न दुवै पक्षका प्रतिनिधि रहेको वार्ता टोलीको बैठक वैशाक २ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा भइरहेको थियो । दसाैं हजार मानिसले रातभर वार्ता स्थल घेरी पञ्चायतअन्तर्गतका सबै निकाय तत्काल भंग गर्न र चन्द सरकार भंग गर्न माग गरे । बिहान तीन बजे उत्तरतर्फको ढोकाबाट सुरक्षाकर्मीले प्रधानमन्त्री चन्दलाई बाहिर निकाले । उनी चढेको मोटर तोडफोड भयो । अनि चन्दले सिधै दरवार गएर राजीनामा बुझाए । यसरी एक सातामै पञ्चायतको अन्तिम सरकार पतन भयो । अनि राजाले राष्ट्रिय पञ्चायत, पञ्चायत नीति तथा जाँचबुझ समिति विघटन गरे । पञ्चायती व्यवस्थाको अन्त्य भएपछि बैसाख ३ गते गणेशमान सिंह राजालाई भेट्न सहमत भए । नारायणहिटी दरबारमा भएको भेटमा राजाले सिंहलाई प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्न आग्रह गरे । 

राणा शासनको अत्यका लागि प्रजापरिषद्को सदस्यका रुपमा काम गर्दा १९९६ सालमा जन्म कैदको सजाय भएका सिंह २००१ सालमा जेल तोडेर भागेका थिए । त्यसपछि देशमा प्रजातन्त्र स्थापनाका लागि संगठन गर्ने क्रममै पुनः पक्राउ परेका सिंह २००७ सालको क्रान्ति सफल भएपछि छुटेका थिए । उनी २०१७ सालको कुपछि पुनः ८ वर्ष जेल र त्यति नै प्रवास बसे । बीपीसँगै मेलमिलापको नीति लिएर फर्किएपछि पनि उनले पटकपकट जेल बस्नु पर्‍यो । राजनीतिका लागि ज्यानको बाजी लगाएका सिंहले मुखैमा आएको प्रधानमन्त्री पद भने अस्वीकार गरिदिए । सिंहले राजासँग भनेका थिए – ‘सरकार मेरो स्वास्थ्य ठीक छैन । हाम्रो पार्टीका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई यसका लागि उपयुक्त हुनुहुन्छ । उहाँलाई बक्सियोस् । 

दरबारबाट फर्किएपछि धेरैले उनलाई भनेका थिए गणेशमान जी मुखैमा आएको प्रधानमन्त्री पद अस्वीकार गर्नु तपाईको ऐतिहासिक भुल हो । त्यसो भन्नेहलाई सिंहले भने – ‘‘हेर्नुस् राजनीतिमा पदमात्र सबै कुरा होइन । त्याग पनि ठूलो शक्ति हो । मलाई अहिले पनि बाथरुममा घन्टाैं लाग्छ । यो बेला हामीले एक वर्षभित्र संविधान बनाएर निर्वाचन गराउनु छ । म हुनु र किसुनजी एउटै त हो ।’’
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro