site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लकडाउनमा फ्रिजको कसरी सदुपयोग गर्ने ?

बीबीसी । पछिल्लो समय कोरोना माहामारीका कारण जारी लकडाउन अन्तर्गत मानिसहरु हप्तौँ घरभित्र थुनिएर बस्नुपर्दा विशेषगरी खानेकुराहरु लामो समय टिकाइराख्न कठिन भइरहेको छ । पसलहरु प्रायः बन्द भएकाले पनि सबैले सकेसम्म आफूसँग भएको खानेकुरा जोगाउने प्रयास गरिरहेका छन् । त्यसैले यो समयमा फ्रिजको महत्व बढ्न पुगेको छ ।

कुनैपनि खानेकुरालाई फ्रिजमा स्टोर गरेर राख्नुले ती खानेकुरामा ब्याक्टेरिया उत्पन्न भइ बिग्रिन दिँदैन । तर धेरै लामो समयसम्म फ्रिजमा राखिरहँदा भने त्यसले खानेकुराको स्वाद र गुणस्तरमा फरक पार्ने गर्दछ । खानेकुराहरुको गुण अलग अलग हुने भएकाले पनि तिनलाई जोगाउन फरक तरिका अपनाउनुपर्ने हुन्छ नत्र फ्रिजभित्र राखे पनि ती खाने लायक नरहन सक्छन् । सहि तरिकाले उचित समयसम्म खानेकुरा स्टोर गर्दा भने तिनको स्वाद बिग्रिनबाट जोगाउन सकिनेछ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

तुलनात्मक रुपमा बाहिरका खाना भन्दा घरमा बनाइएको खाना सिमित समयका लागि मात्र स्टोर गर्न सकिन्छ । यस्तोमा घरमा बनाइएका कुनैपनि खानेकुरालाई धेरै मात्रामा एकैपटक फ्रिजमा राख्नु हुँदैन र अलग अलग भाँडामा थोरै थोरै भाग लगाएर स्टोर गरेमा तिनलाई लामो समय टिकाउन सकिन्छ । त्यसैगरी फ्रिजमा स्टोर गरेको खानेकुरा जहिले पनि सबैभन्दा पुरानोदेखि खान सुरु गर्नुपर्छ ।

अर्थात पहिले जुन फ्रिजमा हालेको थियो, त्यही पहिला खानुपर्छ । त्यस्तै खानेकुराहरुलाई हावाको सम्पर्कबाट टाढा राख्नुले त्यसको स्वाद बचाउनमा मद्दत गर्छ । तर तातो खानेकुरा भने फ्रिजमा राख्नु हुँदैन । किनकी त्यसो गर्दा फ्रिजले सो खानालाई चिसो पार्न अतिरिक्त मिहिनेत गर्नुपर्ने हुन्छ जसले फ्रिजका केही भित्री भाग तातो बनाइदिन्छ जुन राम्रो होइन ।

एउटा सिङ्गो कुखुरालाई एक वर्षसम्म पनि फ्रिजमा सुरक्षित राख्न सकिन्छ तर त्यसलाई हावाको सम्पर्कमा आउन नदिन राम्ररी ढाकेर राख्नुपर्ने हुन्छ । त्यस्तै खुर्सानी, अधुवा लगायतलाई चाहिँ काटेर टुक्रा बनाएर राख्दा ६ महिनासम्म खान मिल्छ । अण्डालाई भने फ्रिजको ढोकामा नभएर भित्र क्यारेट वा कुनै भाँडामा राख्नुपर्छ ।

यसलाई तीन देखि पाँच हप्तासम्म सुरक्षित रुपमा स्टोर गरेर राख्न सकिन्छ । केरा जस्तो चाँडै बिग्रिने खानेकुरा पनि फ्रिजमा ६ महिनासम्म स्टोर गर्न सकिन्छ तर त्यसक्रममा केरा बाहिरबाट कालो हुँदै जान्छ जसलाई मिक्स्चरमा ‘स्मुदि’ बनाएर खान सकिनेछ । यसैगरी गाजर, काउली, लगायतका सब्जी भने एक वर्षसम्म स्टोर गर्न सकिन्छ ।

यता धेरै पानीयुक्त सब्जी फलफुलहरु जस्तै टमाटर, काक्रो, च्याउ, खर्बुजा, सुन्तला, अङ्गुर चाहिँ लामो समय फ्रिजमा स्टोर गरेर खाँदा स्वादिलो हुँदैन । आलुलाई भने फ्रिजको सट्टा सुख्खा र अँध्यारो ठाउँमा राख्दा राम्रो हुन्छ । किनकी फ्रिजमा राख्नुले आलुमा सुगरको मात्रा बढाइदिन सक्छ र पछि त्यसलाई उच्च तापमानमा पकाउँदा ‘एक्राइलमाइड’ नामक केमिकल अधिक स्तरमा उत्पन्न हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ । 

यसैगरी फलफुल र सागसब्जीहरुबाट भिन्दाभिन्दै ग्यास उत्पन्न हुने हुँदा मिसाएर भन्दा स्याउलाई स्याउसँगै, गाजरलाई गाजरसँगै राख्दा राम्रो हुन्छ । र फ्रिजमा स्टोर गर्नुभन्दा पहिले त्यसलाई पानीले पखाल्नु पनि हुँदैन नत्र छिटै कुहिन्छ । यसरी खानेकुरालाई लामो समय ताजा र खानयोग्य स्वादको राख्न उचित तरिकाले फ्रिजमा स्टोर गर्नुपर्ने हुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  ०५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro