site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
प्रदेश ५ मा १९० क्‍वारेन्टाइन
Sarbottam CementSarbottam Cement


दाङ । कोभिड–१९ को संक्रमण रोकथामका लागि प्रदेश ५ मा एक सय ९० ठाउँमा क्‍वारेन्टाइन बनाइएको छ । प्रदेशका १२ वटै जिल्ला र सबैजसो स्थानीय तहमा दुई हजार तीन सय बेड तयार भएका छन् । सबैभन्दा धेरै क्‍वारेन्टाइन बेड रुपन्देहीमा छन् । रुपन्देहीमा १६ वटै स्थानीय तहमा तीन सय ५४ वटा क्‍वारेन्टाइन बेड तयार भएका छन् । अधिकांश क्‍वारेन्टाइन स्थल विद्यालय भवनमा बनाइएको छ ।

नवलपरासी पश्चिममा १४ स्थानमा दुई सय चार बेड छन् । पाल्पामा २३ स्थानमा क्‍वारेन्टाइन र दुई सय ९३ बेड छन् । गुल्मीमा २६ स्थानमा २ सय ९० बेड,अर्घाखाँचीमा ३४ स्थानमा ३ सय २७ वेड, प्युठानमा १६ स्थानमा एक सय ४५ वेड तयार भएका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कपिलवस्तुमा १६ स्थानमा क्‍वारेन्टाइन र एक सय ६६ बेड, बर्दियामा १९ स्थानमा २ सय २१ बेड, बाँकेमा ८ स्थानमा एक सय ५५ बेड, दाङमा १६ स्थानमा एक सय ६६ बेड, रोल्पामा एक स्थानमा ५ बेड र रुकुम पूर्वमा २ स्थानमा ४१ बेड रहेको चौधरीले बताए । यी क्‍वारेन्टाइनमा भारतसहित तेस्रो मुलुकबाट हालै नेपाल आएका नेपाली नागरिक वा अन्य मुलुकका शंकास्पद व्यक्तिलाई राखिन्छ ।

१४ दिनसम्म स्वास्थ्यकर्मीको निगरानीमा राख्दा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएमा उनीहरुलाई सरकारले तोकेको आइसोलेसन अस्पतालमा सुरक्षित तरिकाले लगेर उपचार गरिने प्रदेश जनस्वास्थ्य निर्देशक डा. राजेन्द्रकुमार गिरीले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement