site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन बच्चासहित ३०७ युरोपियन फर्किए
Tiktok banner adTiktok banner ad

काठमाडौं । युरोपियन विभिन्न मुलुकका ३ सय ७ नागरिक स्वदेश फर्किएका छन् । नेपालस्थित जर्मनी राजदूतावासको समन्वयमा कतार एयरवेज चार्टर गरेर ती नागरिक स्वदेश फर्किएका हुन् ।

आज स्वदेश फर्कनेमा सबैभन्दा बढी जर्मन नागरिक छन् । एक सय जर्मनी फर्किएका छन् भने केही गैरआवासीय नेपाली पनि फर्किएका छन् । दोहाबाट डिस्इन्फेक्ट गरेर विमान ल्याइएको र सो विमान चार्टर्ड भएको एयरवेजले जनाएको छ । दोहाबाट जर्मनीसम्म पनि चार्टर्ड गरेरै विमान जाने बताइएको छ । 

नेपालस्थित कतार एयरवेजका अधिकारीका अनुसार तीन नाबालकसहित ३०७ जना चार्टर्ड विमानबाट फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले भोलि पनि यताका यात्रु लिन कतार एयरवेजको विमान आउने जारी दिए । 

नेपाल पर्यटन बोर्डको संयोजनमा लुक्ला, मुस्ताङ, पोखरालगायत विभिन्न क्षेत्रबाट उद्धार गरेर ल्याइएका विदेशी नागरिक आज फर्किएका हुन् । देशमा विभिन्न भागमा रहेका विदेशी पर्यटकको उद्धार गृह मन्त्रालयको सहयोगमा उद्धार गर्ने कार्य भइरहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । 

उनले हिजो बिहीबार र आज गरेर ४ सय ३५ जनालाई विभिन्न भागबाट उद्धार गरी काठमाडौं ल्याइएको बताए । उद्धार गरी काठमाडौं ल्याइएका विदेशी नागरिक लैजान भोलि पनि २ वटा कतार एयरवेजको चार्टर्ड विमान काठमाडौं आउने उनले जानकारी दिए । उनले भने, “आजसम्म ४ सय ३५ जना जतिको उद्धार गरेका छौं, उद्धार गर्ने क्रम जारी छ ।” उनले उद्धार गरी पोखरा ल्याइएका पर्यटक लिन आज दुई विमान पोखरा पठाउने तयारी भइरहेको पनि जानकारी दिए ।

सुरुमा नेपालमा रहेका जर्मन र फ्रान्सेली फर्काउने र अन्य देशका नागरिकलाई पनि क्रमिक रूपमा फर्काइने अधिकारीहरूले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro