site stats
बाह्रखरी :: Baahrakhari
विशेष
नचिनेका मानिस आए भन्दै सडकमै बार ! (फोटो फिचर)

दाङ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्न भन्दै दाङका केही स्थानमा स्थानीय बासिन्दा स्वयंले सडकहरुमा बार बनाउन थालेका छन् ।

लकडाउनका क्रममा सवारीसाधनहरु चलाउने गरेको भन्दै देउखुरीको लमही नगरपालिका ५ को लमही-कोइलावास  खण्डमा स्थानीयले बार बनाएका हुन् । स्थानीयले बाँसको बार बनाएर सडक बन्द गरेका छन् । 

Argakhachi Cement Island Ad

त्यस्तै घोराही उपमहानगरपालिका ८ को दुन्द्रामा पनि स्थानीय बासिन्दाले सडकमा बार बनाएका छन् । नारायणपुर-धर्ना खण्डमा लकडाउनका क्रममा गाउँमा सवारीसाधनसँगै अपरिचित मानिस आउने गरेको भन्दै त्यस्ता मानिस रोक्न स्थानीयले सडकमा बार बनाएको जनाएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १६:५९
प्रतिक्रिया दिनुहोस्