site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुलामी हत्याका अभियुक्त पुर्पक्षका लागि थुनामा 

जनकपुर । धनुषाको रघुनाथपुर निवासी सोनेलाल पुलामीको हत्या अभियोगमा पक्राउ परेका पाँचैजनालाई जिल्ला अदालत धनुषाले मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । 

गत फागुन १६ गते सबैला नगरपालिका १२, रघुनाथपुरमा पुलामीलाई मादक पदार्थ सेवनगरी मातेका विभिन्न आठ जनाको समूहले सामुहिक आक्रमणगरी हत्या गरेको थियो । उनको हत्या अभियोगमा घटनाको केही घण्टाभित्रै पाँच जना पक्राउ परेका थिए । 

पक्राउ पर्नेहरुमा सबैला ४, पटेर्वाका सोनु मोनु भन्ने अमित कुमार यादव, सबैला १ का जितेन्द्र राउत, अशेष यादव, कपिल सदा र धर्मदेव भन्ने धर्मदेही राउत छन् । घटनामा संलग्न अन्य तीन जना अमरजित राउत, रोहित गोसाइँ र परिक्षण कुमार यादव फरार छन् । 

मंगलबार जिल्ला अदालतमा मुद्दा पेश भएकोमा बुधबार न्यायाधीस राजेश कटुवालको ७ नम्बर इजलासमा बहस भएको थियो । उक्त इजलासले तत्काल पक्राउ पर्ने पाँचै जनालाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने र अन्य फरार अभिुक्तहरुलाई पक्राउ गरी अदालतमा पेश गर्न आदेश दिएको हो । अदालतले उनीहरुलाई बुधबारै सिन्धुली जिल्ला कारागारमा पठाएको हो । 

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ अनुसार उनीहरुलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको अदालतस्रोतले जनाएको छ । जाहेरवाला मृतकका छोरा कालु भन्ने सुर्यनारायण पुलामीको पक्षबाट अधिवक्ताद्वय मुकेश कार्की र हेमबहादुर कार्कीले बहस गरेका थिए भने प्रतिवादी अमित र अशेषको तर्फबाट अधिवक्ता राधाकान्त झा तथा जितेन्द्रको तर्फबाट अधिवक्ता पारस मिश्राले बहस गरेका थिए । 

कोरोनाभाइरस (कोभिड १९) को विश्वव्यापी महामारीले मुलुक लकडाउन भइरहेको अवस्थामा बुधबार अन्तिम पेशीको रुपमा उक्त मुद्दामा बहस भएको अदालतले जनाएको छ । उक्त बहस सकिए लगत्तै नेपाल सरकारले जारी गरेको लकडाउन अवधिसम्म अर्को कुनै मुद्दामा बहस पैरवी नहुने अदालतका एक कर्मचारीले जानकारी दिए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  ०८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro