site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सूतिको कपडाबाट मास्क उत्पादन ! 

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को त्राससँगै बजारमा उपभोक्ताहरुलाई मास्क पाउन मुस्किल भएको छ । 

केही समयअघि १० रुपैयाँमा किन्दै आएको ‘सर्जीकल मास्क’ मास्क अहिले ५० रुपैयाँमा किन्‍नुपर्ने र कतिपय अवस्थामा त्यो पनि पाउन छाडेको उपभोक्ताहरुको गुनासो छ । नेपालमा करिब ७५ प्रतिशत मास्क चीनबाट आयात हुने गरेको छ ।  तर चीनमा कोरोनाभाइरसको संक्रमणले गर्दा नेपालमा मास्क आयात हुन सकेको छैन ।

औषधी व्यवसायी संघका अनुसार नेपालमा भारतबाट २५ प्रतिशत र चीनबाट ७५ प्रतिशत मास्क आउने गरेकोमा चीनले जनवरी ३१ बाट मास्क पठाउन रोकेको छ ।

नेपालमै मास्क उत्पादन गर्ने कम्पनी रहे पनि उक्त उत्पादनले अहिलेको बजारको माग धान्‍न नसकेको बिक्रिताहरुको गुनासो छ । 

मास्कमा कालोबजारी, १० रुपैयाँ पर्नेलाई ५० रुपैयाँ ! व्यापारी भन्छन्– मास्क खोज्नेहरुले हैरान पारिसके

मास्क मात्र होइन बजारमा ह्यान्ड स्यानीटाइजरको पनि अभाव हुन थालेको छ । कोरोनाबाट बच्‍न पूर्वसावधानीस्वरुप प्रयोग गरिने मास्क र स्यानीटाइजरको अभाव नहोस् भन्‍नका लागि ललितपुर महानगरपालीकाको नेतृत्वमा मास्क र स्यानीटाइजर उत्पादन तालिम दिइएको छ । 

तालिम मार्च ८ देखि सुरु भएको थियो । ललितपुर महानगरपालिकाका २९ वडाबाट दुई-दुई जना महिलाहरुलाई तालिका दिइएको हो । आइतबार सकिएको तालिममा सहभागी महिलाहरुले आ-आफ्नो वडामा गएर अन्य महिलाहरुलाई सिकाउने र मास्क उत्पादन गर्ने बताइएको छ । 
 
उनीहरुले उत्पादन गरेको मास्क १७ रुपैयाँ प्रतिगोटाका दरले महानगरले खरिद गर्ने र १० रुपैयाँ प्रतिगोटाका दरले बिक्री गर्ने महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । 

तस्बिर : सुनिल प्रधान

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro