site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इटालीको राष्ट्रिय टोलीबाट खेल्दै नेपाली युवा

काठमाडौं । आधुनिक फुटबलको भूराजनीतिलाई अब कुनै सीमाले रोक्दैन । त्यसैले त एक देशका नागरिक अर्को देशबाट निर्धक्क भएर खेल खेलिरहेका छन् । एउटै टिममा अटाएका छन् र उनीहरूको लक्ष्य, उद्देश्य समान बनिदिएका हुन्छन् । 

खेलकुद मात्र एउटा त्यस्तो विधा हो, जसमा जातीय, धार्मिक, साम्प्रदायिक र भाषिक गन्ध भेटिँदैन । राम्रो खेलाडीले विश्वको जुनसुकै देशमा पनि स्थान पाइरहेका छन् । यसको एउटै अर्थ हो खेलकुदको भाषा एउटै हुनु ।

विश्वका चर्चित खेलाडीले समेत युरोपमा फुटबल खेल्ने सपना बुनेका हुन्छन् । धेरैजसो अफ्रिकाबाट युरोप पस्ने खेलाडीमध्ये विरैले मात्र युरोपमा अवसर पाउँछन् । त्यसमा पनि कुनै पनि युरोपियन राष्ट्रको प्रतिनिधित्व गर्न पाउनु भनेको फुटबलमा आफूलाई सफल भएको मान्नुसरह हो ।

त्यसमा पनि दक्षिण एसियाबाट यस्तो अवसर सायदै खेलाडीले पाएका होलान् । तर, नेपाली मुलुकका विकास मेराग्लीयाले युरोपमा हलचल मच्चाएका छन् । विकास यस्ता खेलाडी हुन् जो हिमालयको राज्य काठमाडौंबाट युरोपको इटाली राष्ट्रिय टोलीबाट खेल्दै छन् । उनले इटालीको जर्सी लगाउँदै यू–१७ बाट युथ युरोकप खेलेका छन् । 

को हुन् विकास ?
सन् २००२ को नोभेम्बरमा विकास नेपालमा जन्मिएका थिए । विकाससँग हाल नेपाली र इटाली दुवै देशको पासपोर्ट छ । नेपालको ग्रामीण भेकमा जन्मिएको बताउने उनी आफ्नो पूरा नेपाली परिचय भने बताउन चाहँदैनन् । 

सामाजिक सञ्जाल फेसबुकमा पछ्याउँदा उनीसँग नेपालबाट एक जना व्यक्तिमात्र देखिन्छन् । जो पोखरामा एक रिसोर्ट व्यवसाय गरेर बसेका छन् । ती रिसोर्ट व्यवसायी पनि विकासबारे बोल्न चाहँदैनन् । तर, इटालीको सञ्चारमाध्यमका प्रकाशित समाचारअनुसार उनी शरणार्थीका रूपमा रहेको हुन सक्ने उल्लेख गरिएको छ । 

विकास सानैमा इटाली पुगेका थिए । उनलाई नेपाल भ्रमणमा रहेको एक इटालियन बेलाउनो फेमिलीले इटाली पु¥याएका थिए । सोही फेमिलीले विकासको इटाली नाम विकास मेराग्लिया राखिदिएका थिए । हाल सोही नामबाट उनी इटालीमा परिचित छन् । 

फुटबल यात्रा
विकासले आफ्नो फुटबल यात्रा इटालीको फिल्ट्रेस युथ टिमबाट सुरु गरेका थिए । अझै १७ वर्ष नपुगेका विकासले उक्त टिममा आफूलाई प्रमाणित गर्न सफल भए । प्रायः सेन्टर स्ट्राइकरको पोजिसनबाट खेल्ने उनी आवश्यकताअनुसार अट्याकिङ मिडफिल्डमा पनि खेल्न सक्ने क्षमता राख्छन् । सन् २०१३–१४ को सिजन जियोभानी बोसिको यू–१७ टिम दोस्रो भयो । जहाँ विकास सम्मिलित टिम भेनिससँग दुबै गेम ४–१ र २–० ले पराजित भएको थियो । सन् २०१५ मा १३ वर्ष पुगेका विकासले भेनेटो छोड्दै बेर्गामो पुगे । 

इन्टर र युभेन्टससँग प्रतिस्पर्धा
त्यसपछि नेपाली प्लेमेकर विकास एटलान्टाइन नर्सरीमा सन् २०१५–१६ को सिजनमा आएका थिए । सिजनमा जहाँ उनले यू–१७ च्याम्पियनसिप सेमिफाइनल इन्टरसँग खेलेर सकेका थिए । 

विकासका लागि सबैभन्दा महत्त्वपूर्ण सिजन रह्यो यू–१४ च्याम्पियनसिप । एटालान्टाबाट उनले २८ खेल खेल्दै १३ गोल गरेका थिए । यस्तै अन्डर १५ च्याम्पियनसिपमा उनले २२ खेल खेल्दै ७ गोल गरेका थिए । क्वाटरफाइनलमा एटलान्टा साम्डोरियासँग पराजित भएको थियो । 

सन् २०१६–१७ मा एटलान्टा सेमिफाइनलसम्म पुग्दा विकासले २६ खेल खेल्दै ५ गोल गरेका थिए । सेमिफाइनलमा टिम युभेन्टस्सँग अतिरिक्त समयमा हार्न पुग्यो तर विकास फिल्डमा उत्कृष्ट मध्येका एक थिए । उनले २०१८–१९ को सिजनमा १७ खेल खेल्दा ३ गोल र एक असिस्ट गरेका थिए । 

हाल उनी भेनिजिया यू–१९ टिमबाट खेल्दै छन् । उनले २०१९–२० को सिजनमा भेनिजियाबाट १६ खेल खेलेका छन् । जारी सिजनका १६ खेलमा ३ गोल गरेका छन् । 

इटालीको यू–१७ राष्ट्रिय टिम
सन् २०१८ मा विकासले पहिलोपटक इटालीको यू–१७ राष्ट्रिय टिमबाट खेल्ने अवसर पाए । प्रशिक्षक डानियल जोराट्टोले फेब्रुअरीमा पोर्चुगलमा आयोजना भएको भिया रियल डे सान्टो एन्टोनिया अन्तर्राष्ट्रिय प्रतियोगितामा विकासलाई टिममा समावेश गराएका थिए । उक्त प्रतियोगितामा इटाली, आयोजक पोर्चुगलसँगै जर्मन र होल्यान्डको पनि सहभागिता थियो । उनले उक्त प्रतियोगिताका दुई खेल खेलेका थिए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro