site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गन्धर्व विवाह
Sarbottam CementSarbottam Cement

स्वयम्भूनाथ कार्की


समय : दोस्रो प्रहरको आरम्भ

स्थान : महर्षि कण्वको आश्रम

Prabhu Bank
Agni Group
NIC Asia

नेपथ्य : (पुरुष आवाज) केही समय यहाँ विश्राम गर, म पनि महर्षिको दर्शन गरेर विश्राम गर्छु । सावधान यहा“को अनुशासन भङ्ग नहोस्...(पर्दा खुल्छ ) 

दुष्यन्त : (प्रवेश गर्दै ) महर्षिको सम्मानमा चुक नहोस् । (आदेशात्मक शैलीमा) विनम्र भएर विश्राम गर ।
(सामुन्ने आश्रमको भित्री आ“गन देखिन्छ, तृणको छानोमा समिधा सुकाइएका छन् । आ“गनमा अग्निकुण्ड साथै अग्निहोत्रको सामान मिलाएर राखिएको छ  । बाहिर अरु कोही छैन )

Global Ime bank

दुष्यन्त : (ठूलो, तर भद्र स्वरले) हस्तिनापुर नरेश दुष्यन्त दर्शनाभिलाषी छु । दर्शन पाउ“ महर्षि । (केही पल शान्त प्रतीक्षा गर्छन् अनि अझ ठूलो स्वरले ) आश्रममा को हुनुहुन्छ ? 
(भित्रबाट शकुन्तला निस्कन्छिन् )

दुष्यन्त : (स्वगत) यी सुन्दरी को होलिन्, आह यस्तो सुन्दरता त अप्सरामा पनि दुर्लभ छ । मेरो धीर मन चञ्चल भयो । मनमा प्रेम पल्लवित हुन लाग्यो ।

शकुन्तला : (प्रणाम मुद्रामा) स्वागतम् राजश्रेष्ठ महामना, महापराक्रमी महाराज । (कुशको आसन बिछ्याउँदै) राज होस् ।  (दुष्यन्त आशन ग्रहण गर्छन्) सहज हुनुहोस् (पाद्यजल पात्र सामुन्ने राखिदिन्छिन्) । (स्वगत) आह कस्तो मनमोहक रुप, कस्तो आकर्षण । हेरिरहु“ जस्तो मोह ।

दुष्यन्त : (मोहित हु“दै पात्र लिन्छन्, एकटकले शकुन्तलातर्पm हेर्दै ) सुन्दरी आफ्नो परिचय देऊ । (पात्रको काम सकेर राख्छन्)

शकुन्तला : (पेय अर्घपात्र दिँदै ) तिर्खा मेटाउन अर्घ समर्पण छ महाराज । (दुष्यन्तले अर्घपात्र लिएपछि) म महर्षि पुत्री शकुन्तला हु“ । (मोहित भएर एकटक दुष्यन्तको मुहार हेर्छिन्) 

दुष्यन्त : (स्वगत) ऋषिपुत्री... मेरा निमित्त अग्राह्य रहिछन् । तर महर्षि त आबाल ब्रह्मचारी... कसरी (प्रकट हलुका क्रोधसँग ) के भनेको यस्तो ? महर्षिको ब्रह्मचर्य चराचर जगत्मा प्रख्यात छ । (हलुका हप्काउँदै) राजाको सामुन्ने मिथ्या बोल्न हुन्न, थाहा छैन ? (नरम भएर) कसरी ऋषिपुत्री भयौ ? जाया पुत्री त पक्कै होइनौ !

शकुन्तला : हो महाराज, म महर्षिकी जायापुत्री हैन, पालित पुत्री हु“ । पालित पुत्री र जाया पुत्री मातापिताको निमित्त बराबर हुन्छन भन्ने पिताज्यूको कथन छ । त्यसैले म महर्षि कण्व पुत्री नै हु“ ।

दुष्यन्त : (स्वगत, हर्षित हु“दै) ऋषिपुत्रीबाहेकका त क्षेत्रीयलाई ग्राह्य हुन्छन्, तर महारानी योग्य हुन त कुल पनि चाहिन्छ । (चिन्तित हुँदै) यिनको मनमा के छ ? जबरजस्ती गर्नु मेरो मर्यादाविपरीत हो । बुभ्mनु प¥यो । 

दुष्यन्त : पालित पुत्री ? भद्रे कसकी जाया कन्या हौ त्यसो भए...? दिव्यदृष्टि धारक महर्षिलाई ज्ञात नहुने त विषय हैन । (विनोदपूर्वक) कि महर्षिले वताउन उचित ठान्नु भएन ?

शकुन्तला : (स्वगत) लाग्छ म महाराजमा मोहित भए जस्तै महाराज पनि ममा मोहित हुनुभयो । प्रेम दुवैमा पल्लवित भयो जस्तो छ । (प्रकट) जन्मने बित्तिकै आश्रमद्वारमा छोडिएका शिशुलाई उसको जन्म कारण पिताले बताउन सक्दैनन्, चाहे जाया पिता नै किन नहुन् । तर...

दुष्यन्त : तर के कल्याणी ? मेरो व्यग्रतालाई अझ नबढाऊ... जन्मले कुन कुल कि हौ सा“च्चै थाहा छैन ? तिमिलाई थाहा छ जस्तो लाग्दैछ । विलम्ब नगर भद्रे ।

शकुन्तला : (विनोदपूर्वक) सर्वशत्रु विनाशक, जितेन्द्रीय महारथी, महाराज दुष्यन्त किन व्यग्र ? (कर्के नजरले हेर्दै) जाया मातापिताले त्यागेर वैराग्य धारण गरेको ऋषिको पालित कन्याको विषयमा जान्न महाराजको व्यग्रताको कारण..? अनुगृहित भए“ महाराज । पिताज्यूले अरुलाई बताएको सुनेअनुसार म अप्सरा कन्या हु“ । स्वर्गको निष्ठुरी नियमले माताद्वारा त्यागिन विवश ।

दुष्यन्त : (उत्सुकताले) अप्सरा कन्या ?

शकुन्तला : (गम्भीर भएर) हो महाराज, अप्सरा कन्या, देवराज इन्द्रको आज्ञापालनको फल । राजर्षि विश्वामित्र र अप्सरा श्रेष्ठ मेनकाको सन्तान । (केही दुःखी भएर) देवराज आज्ञा पालन मेरी जननीको कर्तव्य पालन थियो, पितालाई छल उनको इच्छा थिएन । (हलुका रोषले) देवराजको आज्ञा कर्तव्य पालन थियो त्यसको दण्ड मैले किन ? (संयमित हु“दै) पिता महर्षिको साथ नभएर हिंस्रक जन्तुको क्षुधा तृप्तिमा पनि मेरो उपयोग हुन सक्थ्यो, महाराज ?
(शकुन्तला राजकन्या भएकोमा हर्षित हुन्छन् । हर्ष लुकाउने प्रयत्नमा घरी सफल घरी असफल भएको मुद्रा शकुन्तलाबाट लुक्दैन । दुवैमा आफूहरुलाई प्रेमले ग्रस्त बनाएको अनुभूति हुन्छ )

दुष्यन्त : जो भएन त्यसको सम्भावना थियो भनेर मन नदुखाऊ कल्याणी, म हस्तिनापुर महाराज दुष्यन्त तिम्रो प्रेममा परेको छु । विश्वास गर मलाई कोही नारी देख्दा यस्तो अनुभूति पहिले कहिल्यै भएको थिएन । (शकुन्तलाको चपल मुखमुद्रा देखेर) म यो कुरा प्रतिज्ञा...

शकुन्तला : (बीचैमा कुरा काटेर) अभद्रताको निमित्त क्षमा पाउँ महाराज, मलाई कुनै प्रतिज्ञा चाहिन्न । तर मेरो परिणाम के हुन्छ ? मेरो माताको जस्तै ?

दुष्यन्त : मेरो प्रेम निवेदन स्वीकार गर प्रिय ? मेरो प्रेम केवल भोगको निमित्त हुनेछैन । तिमी मेरी महारानी हुनेछौ । हाम्रो पुत्र हस्तिनापुरको युवराज अनि त्यसपछि महाराज ।

शकुन्तला : बिनाविवाह, पिताले कन्यादान नदिई ? यसरी त म हजुरको अर्धा¨िनी बन्ने अधिकार नै हुन्न ।

दुष्यन्त : मेरो प्रेम निवेदन स्वीकार गर प्रिय म विवाह गरेर नै महारानी पद दिन्छु । (अधीरता बढ्छ)

शकुन्तला : केही घडीपछि मेरा पिता आइपुग्नु हुन्छ, हे शुरश्रेष्ठ विधिपूर्वक मलाई माग्नुस् । यही नै विवाहको उत्तम रीति हो । 

दुष्यन्त :  यो सम्भव भएन प्रिय, हामी गृहस्थ, नागरिक आदिले त वानप्रस्थी, अझ ऋषि महर्षिलाई त दिने हो । ऋषि महर्षिहरुसँग त ज्ञानको दान मात्र लिने हो । कसरी कन्या मागांै, राज्यमा रहेका सबैलाई पालन गर्ने कर्तव्य बोकेको राजाले ?

शकुन्तला : (मन्द आवेगमा) के म चिज वस्तु हुँ, के म सम्पत्ति हु“ ? हे महाराज के तपार्इंको राज्यमा स्त्री चिजबिज वा सम्पत्ति हुन् ? (सम्झाउँदै) यदि यसै भए पनि त मेरा पितासँग नमागी लिनु ठीक हैन, यो त राजधर्मको पनि उल्लङ्घन भएन महाराज ? के महावली, महापराक्रमी राजाले यसो गर्न उचित हुन्छ ? 
(अलि खेदपूर्वक) हो महाराज मलाई हजुरको प्रेमले बा“धेको छ, तर महाराज महर्षि कण्व पुत्रले नीतिहीन काम गर्न अनुचित हुन्छ । अझ महाराजले त नै नीति छोडे प्रजाजनले के गर्लान् ? (बीचबीचमा दुष्यन्त बोल्न खोज्छन्, तर शकुन्तला लगातार बोल्छिन्) मेरा पिताबाट कन्यादान माग्नुस् महाराज ।

दुष्यन्त : हे भद्रे, हे कल्याणी महर्षिसँग माग्नलाई तिमी ज्ञान पनि त हैनौ, आशिर्वचन पनि त हैनौ । (सम्झाउँदै) हेर तिमी चिजवस्तु हैनौ, कसैको सम्पत्ति पनि हैनौ । मेरा राज्यमा स्त्रीलाई अपमानित अनुभूति हुने कुनै नियम छैन । (घमण्डले) दुष्यन्तको हस्तिनापुरमा स्त्रीको आदरणीयय स्थान छ । आफ्नो इच्छाको स्वामिनी हुन स्त्री (प्रेमाशिक्त भएर) मैले तिमीलाई महारानी बनाउने अठोट गरिसकेँ । यस अर्थले तिमी हस्तिनापुरकी भावीे महारानी हौ ।

शकुन्तला : (अन्यमनस्क भएर) खै महाराज यो कसरी सम्भव होला ? कसरी होला हाम्रो विवाह ?

दुष्यन्त : स्त्रीलाई आफ्नो इच्छाअनुसार गर्ने अधिकार छ । स्वयम् वर चुन्ने अधिकार छ । मलाई चुनेमा हामी गन्धर्व विवाह गर्न सक्छौं ।

शकुन्तला : (संशयपूर्वक) गन्धर्व विवाह ? 

दुष्यन्त : हो गन्धर्व विवाह, राजकुल, क्षेत्रीय आदिको निमित्त उत्तम विवाह । विवाहका प्रकार थाहा छैन र प्रिय ?

शकुन्तला : थाहा छ महाराज, आठ प्रकारका विवाह हुन्छन्, मातापितासँग मागेर उनीहरुले उचित–अनुचित निर्णय गरेर हुने जोडीको विवाह । वधुलाई स्त्री धन, आभुषणसहित बिदा गरिने ब्रह्म विवाह ।

दुष्यन्त : अनि ?

शकुन्तला : दक्षिणा स्वरुप कन्यादान गरेर गरिने देव विवाह । फेरि कन्याको मूल्य चुकाएर गरिने आर्श विवाह । कन्याको सहमतिबेगर गरिने प्रजापत्य विवाह ।

दुष्यन्त : यी चार प्रकारले हाम्रो विवाह सम्भव छैन । अरु चार पनि सम्झ त प्रिय ।

शकुन्तला : वर–वधुको सहमतिले गरिने विवाह गन्धर्व विवाह । अनि वरले हरण गरेर लगेर गरिने असुर विवाह । वरले जबरजस्ती गरेर गर्ने विवाह राक्षस विवाह र वधुलाई लठ्याएर पहिले बलात्कार गरेर गरिने पैशाच विवाह । तर यी चार त अधम विवाह भन्छन् नि ! 

दुष्यन्त : (सम्झाउँदै) म क्षेत्रीय, अझ राजा भएर महर्षिसँग माग्न सक्दिनँ । देव आर्ष प्रजापत्य विवाहमा स्त्रीको अधिकार हनन् हुने भएकाले त्यो उपयुक्त हैन ।

शकुन्तला : (सहमत जस्तो हु“दै) अनि महाराज ?

दुष्यन्त : असुर, राक्षस, पैशाच विवाह मानवमा सर्वथा अनुचित विवाह हुन् । गन्धर्व विवाह सबै किसिमबाट हाम्रो निमित्त उपयुक्त छ । 

शकुन्तला : अनि साक्षी ?

दुष्यन्त : पृथ्वी, जल, आकाश, अग्नि, वायु  पञ्चतत्व साक्षी छन् । आकाशमा देवगण, पुगेन र ?

शकुन्तला : (सानो स्वरमा) केही तलवितल भयो भने ?

दुष्यन्त : यो राजमुन्द्रिका सुम्पन्छु, यसले म हु“दा वा नहु“दा दरवारमा महारानीको अधिकार प्रयोग गर्न पाउने छौ ।

शकुन्तला : (समर्पण गर्दै) महाराज मैले आफूलाई सम्पूर्णरुपले हजुरलाई सुम्पेँ, अब जे उचित मान्नु हुन्छ गर्नुहोस् ।

(बिस्तारै पर्दा खस्छ)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  १०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय