site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
समाचारपत्रको शक्ति
Sarbottam CementSarbottam Cement

ओ हेनरी
बिहान ८ बजेतिर समाचारपत्रको ताजा अङ्क पसलको डोरीमा झुण्डिरहेको थियो । ग्राहकहरु यताउति गर्दै समाचारको शीर्षक पढिरहेका थिए । कोहीकोही भने एक पेन्नीको सिक्का डब्बामा राख्दै पत्रिका लिइरहेका थिए । आफ्नो कुर्सीमा बसिरहेको पसले ग्राहकको इमानदारीमाथि दृष्टि दिइरहेको थियो । 

हामी त्यो समाचारपत्रको कुरा गरिरहेका छौं जुन समाजका हरेक वर्गका लागि केही न केही सामग्री पस्किरहेको हुन्छ । यसकारण यो समाचारपत्रलाई एउटा शिक्षक, पथप्रदर्शक, हिमायती, सल्लाहकार तथा घरेलु परामर्शदाताको दर्जा मिलेको छ । 

आजको समाचारपत्रमा तीनवटा अलगअलग सम्पादकीय छापिएको छ । एउटामा शुद्ध तथा सरल भाषामा माता–पिता र शिक्षकसँग अपिल गरिएको छ कि, बच्चाको पालनपोषण तिनलाई नपिटिकन गरिनुपर्छ । दोस्रो सम्पादकीय मजदुर नेताका नाममा रहेको छ । त्यसमा आह्वान गरिएको छ कि, मजदुरलाई हडताल गर्न नउक्साउनु । तेस्रो, प्रहरीबलसँग माग गरिएको छ कि, उनीहरुले बल प्रयोग नगरुन् र जनताले पनि उनीहरुलाई आफ्नो मित्र सम्झिउन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यी सम्पादकीयहरुका अतिरिक्त यस्तो लेख पनि छ, जसमा युवालाई आफ्नी प्रेमिकाको मन जित्ने उपाय बताइएको छ । महिलालाई सौन्दर्य साधनको प्रयोगका विधि र सदाबहार सुन्दर देखिने तरिका सुझाइएको छ...आदि आदि । 

एउटा पृष्ठको बक्समा ‘निजी’ सन्देश छापिएको छ, त्यसमा भनिएको छ– ‘प्रिय ज्याक, मलाई माफ गर । तिमी ठीक थियौ । आज बिहान साढे ८ बजे मेडिसिनको चौथो तल्लामा मसँग भेट । हामी अपराह्न निस्कने छौं । पश्चात्तापी ।’

Global Ime bank

बिहान ८ बजे पसलमा एक युवक आयो । उसको कपाल नमिलेको थियो, दाह्री लामो भएको थियो र आँखाले बताउँथ्यो कि, ऊ रातभरि सुतेको थिएन । उसले बक्समा एक पेन्नी हाल्यो र समाचारपत्र लिएर गयो । उसलाई ९ बजे अफिस पुग्नुथियो र बाटोमा पर्ने सैलुन पसेर दाह्री खौरनु पनि थियो । उसँग समाचार पढ्नका निम्ति समय नै थिएन । त्यसैले उसले पत्रिका आफ्नो पाइन्टको पछाडिपट्टिको खल्तीमा घुसाएको थियो । हतारमा हिँडिरहेको उसले यस्सो आफ्नो पछाडिपट्टिको खल्तीमा हात घुसार्दा त्यहाँ राखेको पत्रिका भेटेन ! ऊ चिन्तित हुँदै हिँडिरहेको थियो, अकस्मात् उसको ओँठमा मुस्कान छरिन थाल्यो । चौथो तल्लामा उसकी प्रेमिका उभिइरहेकी थिई । उनी दौडँदै आएर उसको हात समाउँदै भनिन्, ‘मलाई थाहा थियो ज्याक, तिमीले माफ गर्ने छौ । र, मसँग भेट्न आउने छौ ।’ युवक छक्क परिरहेको थियो । प्रेमिका के भनिरहेकी छन्, उसले बुझ्न सकिरहेको थिएन । ऊ केवल ‘ठीक छ–ठीक छ’ भनिरहेको थियो । 

जेहोस्, हामी त आफ्नो पत्रिकाको अवस्थाबारे जानकारी लिइरहन्छौं । हावाको तेज झोँक्का आयो र पत्रिका सडकमा उड्न थाल्यो । पत्रिकाले सवारी आवागमनमा अवरोध पु¥याउने सोचेर प्रहरीले त्यो आफ्नो हातमा लियो । एउटा पृष्ठमा शीर्षक थियो– ‘तपाईंको सहायताका निम्ति प्रहरीलाई सहयोग गर्नुहोस् ।’ प्रहरीलाई देखेपछि छेउमा रहेको एउटा बारको झ्यालबाट आवाज आयो– ‘एक पेग तपाईंका लागि छ है श्रीमान्जी ।’ त्यो पेग एकैपटमा घाँटीमा पु¥याउँदै प्रहरी पुनः आफ्नो ड्युटितर्फ लाग्यो । सायद सम्पादक महोदयको सन्देश पत्रिका नपढिकनै पनि ठीक स्थानमा पुगेको थियो या त्यो पेगको असर थियो ! प्रहरीले खुसी हुँदै बाटोमा हिँडिरहेको एक युवकको छेउमा त्यो पत्रिका अड्काइदियो । जोनीले आफ्नो घर पुग्नेबित्तिकै बहिनी ग्लेडिसलाई त्यो पत्रिका थमाइदियो । एउटा पृष्ठमा सुन्दरताबारे टिप्स लेखिएको थियो । ग्लेडिसले पत्रिका नपढिकनै उक्त पृष्ठमा आफ्नो लन्च प्याकेट पोको पारिन् र बाटोमा निस्किन् । प्रहरी सिठी फुकिरहेको थियो । हैट् ! ‘सुन्दरताबारे टिप्स’ पृष्ठ तयार पार्ने सम्पादकले यो दृश्य देखेको भए !

जोनी र ग्लेडिसका पिता मजदुर नेता थिए । तिनले पत्रिकाको त्यही पृष्ठ ताने जसमा मजदुरबारे सम्पादकीय लेखिएको थियो । त्यसलाई च्यातेर ‘पजल’ को अंश लिँदै त्यसको समाधान गर्नतिर लागे । परिणाम यो निस्क्यो कि, ३ घण्टाको प्रतीक्षापछि पनि यी नेता मजदुरको सङ्घर्षबारे कुनै निर्णयमा पुग्न सकेका थिएनन् । अन्य नेताहरुले यो फैसला गरे– आन्दोलन रद्द होस् । 
जोनीले पत्रिकाको बाँकी रहेको पृष्ठलाई त्यो ठाउँमा राखिदिइन्, जहाँ मास्टरहरु जम्मा हुन्छन् । यसरी आज उक्त पत्रिकाको त्यो सम्पादकीय सार्थक सिद्ध भयो जसमा शिक्षकले बच्चाहरुसँग क्रूर व्यवहार गर्नु हुन्न भन्ने कुरा लेखिएको थियो । 

अब यसपछि कसैले समाचारपत्रको शक्तिलाई कसैले इन्कार गर्न सक्ला ???
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  ०७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय