site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व संकलन
फाइल तस्बिर ।

गोरखा । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा साढे दुई करोडभन्दा बढी राजस्व संकलन भएको छ । 

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)ले चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि चैतसम्ममा मनास्लु क्षेत्र घुम्न जाने पर्यटकबाट प्रवेश शुल्कबापत दुई करोड ५० लाख ५८ हजार राजस्व संकलन गरेको हो ।

साउनदेखि चैतसम्म सार्क राष्ट्रभित्रका १५२ विदेशी पर्यटक मनास्लु संरक्षण क्षेत्रमा घुम्न पुगेका थिए । उनीहरूबाट एक लाख ५२ हजार राजस्व संकलन भएको एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिए । सोही अवधिमा सार्कबाहेक अन्य देशका आठ हजार ३०२ विदेशी पर्यटक मनास्लु क्षेत्रमा घुम्न पुगेको कार्यालयको तथ्यांक छ । 

सार्कबाहेकका अन्य विदेशी पर्यटकबाट सोही अवधिमा दुई करोड ४९ लाख ६ हजार प्रवेश शुल्कबाट राजस्व संकलन भएको उनले बताए । मनास्लु क्षेत्र घुम्न जाने सार्क राष्ट्रभित्रका पर्यटकसँग कार्यालयले प्रतिव्यक्ति एक हजार प्रवेश शुल्क लिँदै आएको छ । त्यस्तै, सार्कबाहेकका अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजार प्रवेश शुल्क लिने गरिएको उनको भनाइ छ । 

यस वर्ष मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकको संख्या बढेकाले कार्यालयले नौ महिनाको अवधिमा नै गत आर्थिक वर्षमा भन्दा धेरै बढी राजस्व संकलन गरिसकेको छ । यस वर्ष १२ हजारभन्दा बढी विदेशी पयर्टकले मनास्लु क्षेत्रको भ्रमण गर्ने अनुमान गरिएको प्रमुख शेरचनको भनाइ छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro