site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘परदेशी–२’को सुभ मुहूर्त, प्रकाश सपूत नायक
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक प्रकाश सपूत मुख्य भूमिकामा रहेको चलचित्र ‘परदेशी–२’को सुभ मुहूर्त गरिएको छ । नारायण रायमाझीले निर्देशन गर्ने चलचित्रमा प्रकाश नायकका रुपमा देखिने छन् । उनको अपोजिटमा नायिका वर्षा शिवाकोटी हुने छिन् । 

दोहोरी ब्याटल, बोल माया, गलबन्दी लगायत लोकप्रिय गीतका गायक प्रकाशको यो पहिलो चलचित्र हुने छ । गायकका रुपमा सफल उनलाई अब स्रोता तथा दर्शकले नायकको रुपमा पनि देख्न पाउने भएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“अब मसँग नयाँ सपना छैन । अधुरो एउटा सपना चलचित्रमा अभिनय गरेर हिरो हुने, त्यो पनि अब पूरा भएको छ,” प्रकाश भन्छन्, “सपना पूरा भएकोमा जति खुसी र उत्साहित छु, त्यति नै डर पनि लागिरहेको छ, करियरको आगामी यात्रा कता र कस्तो हुन्छ भनेर ।” 

उनले सांगीतिक यात्रामा जस्तै चलचित्रमा पनि इमान्दार भएर  मेहनत गर्ने बताए । 

Global Ime bank

चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् । ‘परदेशी’को पहिलो सिरिजमा नायकको रुपमा डिन्डियन आइडल प्रशान्त तामाङले अभिनय गरेका थिए । 

आजबाट सुरु चलचित्रको छायांकन दुई महिनासम्मे हुनेछ । दसैंको सेरोफेरोमा रिलिज गर्ने सोचमा निर्माण पक्ष रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय