site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सार्वजनिक भयो, दुर्गा कार्कीको 'कुमारी प्रश्नहरू'
Sarbottam CementSarbottam Cement

काठमाडौं । नवोदित लेखक दुर्गा कार्कीको प्रथम कृति ‘कुमारी प्रश्नहरू’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयले २०२० को पहिलो पुस्तकका रुपमा ‘कुमारी प्रश्नहरू’ सार्वजनिक गरेको हो ।

पुस्तकलाई नेपालयको कालिकास्थानस्थित 'आर' शालामा शुक्रबार आयोजित कार्यक्रममा बेलायती राजदूत निकोला पोलिट, पत्रकार अमित ढकाल र लेखकले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा राजदूत पोलिटले नेपाली साहित्यमा महिलाको बढ्दो सहभागिताले आफू उत्साहित भएको बताइन् । पोलिटले बेलायतको साहित्यिक इतिहासको स्मरण गराउँदै उसबेला उता पनि जर्ज एलिटजस्ता महिला लेखकले पुरुषका नाममा लेख्ने गरेको सन्दर्भ कोट्याइन् । उनले भनिन्, ‘‘महिलालाई महत्त्व साथ नहेरिए साहित्यको मैदान अनुभूति बेगरको मरुभूमि बन्नेछ ।’’ राजदूत पोलिटले आफ्नो मन्तव्य नेपालीमै व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा कथाकार कार्कीको लेखकीय व्यक्तित्वबारे प्रकाश पार्दै पत्रकार ढकालले भने, ‘‘दुर्गाको लेखनीमा विशेष शैली छ जसमार्फत् उनले उठान गरेका हरेक विषयवस्तुले नवीन जीवन पाउँछन् । त्यही नवीनता र गुरुत्व उनको कथा संग्रहमा पनि छर्लङ्ग देखिन्छ ।’’

Global Ime bank

‘‘लेख्नु भनेको लेखाइमार्फत् अरुलाई बुझ्नु पनि हो, त्येसैले यी कथा लेख्दा मैले धेरै मान्छेका भावनालाई महसुस गर्ने मौका पाएकी छु । त्यसरी नै पात्रका भावनाहरुमार्फत समाजका विविध पक्षलाई केलाउने मौका पनि पाएकी छु,’’ पुस्तकबारे लेखक कार्कीले भनिन्, ‘‘म आख्यान र गैरआख्यान दुवै विधामा लेख्न रुचाउँछु तर आख्यान लेख्दा वैचारिक आग्रह नथोपरियोस् भन्नेमा सचेत रहन्छु ।’’

कार्यक्रमको अन्त्यमा नेपालय पब्लिकेसनकी सम्पादक भूषिता वशिष्ठले प्रकाशित पुस्तकको सेरोफेरोमा रहेर लेखकसँग अन्तरसंवाद गरेकी थिइन् । संवादले पुस्तकको भाषा, शिल्प, शैली र विधाबारे प्रकाश पार्दै लेखकीय चुनौतीको विषयलाई समेटेको थियो ।

पुस्तक सार्वजनिक भएसँगै दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ नेपालका अधिकांश विक्रेताका साथै एमेजन डटकममार्फत् संसारभर उपलब्ध हुने जनाइएको छ । सार्वजनिक पुस्तक ‘कुमारी प्रश्नहरू’ को मूल्य ४२५ रुपैयाँ तोकिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय