काठमाडौं । चीनमा रहेका नेपालीका अभिभावकहरुले आफ्ना छोराछोरीलाई चाँडो उद्धार गरेर फिर्ता ल्याउन माग गर्दै धर्नामा बसेका छन् ।
अभिभावकहरुले बिहीबार स्वास्थ्य मन्त्रालय अगाडि धर्ना दिएका छन् । उनीहरुले चाँडो आफ्ना छोराछोरीलाई चाँडो फिर्ता ल्याएर ज्यान बचाउन माग गरेका छन् ।
धर्नामा बसेका अभिभावहरुले सरकारसँग प्रश्न गरेका छन्, "प्रधानमन्त्री बालुवाटार बसेर बाँसुरी बजाउने अनि हाम्रा छोराछोरीले मृत्यु कुर्दै रोएर बस्नुपर्ने हो ?"
उनीहरुले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई भेटेर आफ्ना छोराछोरीलाई फिर्ता ल्याउन आग्रह गर्ने योजनामा थिए । तर, स्वास्थ्य राज्यमन्त्रीलाई भेट्न नपाएपछि आक्रोशित हुँदै धर्नामा बसेका हुन् ।
चीनको वुहानमा कोरोनाको महामारी फैलिएको छ । त्यहाँबाट स्वदेश फर्किन १८० नेपालीले फाराम भरेका छन् ।
तर, नेपाल सरकारले उनीहरुलाई ल्याएर राख्ने स्थान निर्क्यौल गर्न नसक्दा उद्धार गरेर ल्याउन ढिलाइ भएको बताएको छ ।
चीनमा कोरोनाका कारण १६३ जनाको मृत्यु भइसकेको छ भने २८ हजारभन्दा बढीमा संक्रमण फैलिएको छ ।
यसअघि चीनबाट नेपाल आएका एकजनामा कोरोनाको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो ।