site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली युवतीलाई भारतमा बलि चढाउने योजना ! सातजना पक्राउ
SkywellSkywell

काठमाडौं । नेपाली युवतीलाई भारतीय एक धार्मिक गुरुको आश्रममा लगेर बलि दिने योजना प्रहरीले असफल पारेको दाबी गरेको छ ।  प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार ती युवतीलाई भारतमा लगेर बलि दिने तयारी गरिएको थियो । 

युवतीले शंका लागेर सुरुमै प्रहरीको सहयोग लिएकाले बलि दिने योजना असफल पारिएको प्रहरी दाबी छ ।  प्रहरीले अनुसन्धानकै क्रममा रहेकाले यसबारेमा बिहीबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराउने तयारी गरेको छ ।  काठमाडौं प्रहरीले घटनामा संलग्न आरोपमा सातजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुई महिला र पाँचजना पुरूष रहेको परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले पुष्टि गरे । 

उनले भने,‘‘अनुसन्धानकै चरणमा छौं । बिहीबार पत्रकार सम्मेलन गरेर सबै सार्वजनिक गर्छौं ।”

KFC Island Ad
NIC Asia

यस्तो छ घटना 

बाह्रखरीलाई प्राप्त जानकारीअनुसार केही समयअघि काठमाडौंमा एक ‘र्‍याम्प शो’ गर्ने भन्दै अग्ला कदका युवतीको खोजी सुरु भएको थियो । काठमाडौंमा एक महिलाले त्यसको संयोजन गरेकी थिइन् । राजधानीको एक फेसन डिजाइन हाउसले ती महिलाले खोजेअनुसारकी युवती उपलब्ध गराउने बताएको थियो । 
युवतीको उचाई साढे ५ फिटदेखि ६ फिटसम्म भनिएको थियो । 

Royal Enfield Island Ad

प्रहरी स्रोतका अनुसार डिजाइन हाउसले युवतीको खोजी सुरु गर्‍यो । खोजी गर्ने क्रममा एक युवती सम्पर्कमा आइन् । काठमाडौंमा उनको शरीरको नाप लिइयो ।  सुरुमा काठमाडौंमै कार्यक्रमका लागि भन्दै युवतीलाई तयार गरिए पनि केही दिनपछि विराटनगरमा कार्यक्रम गर्ने भनियो । 

त्यसपछि नै उनले शंका लागेर यसबारेमा प्रहरीलाई खबर गरिन् । त्यसपछि सबै घटनालाई प्रहरीले सुक्ष्म रुपमा हेरेर अनुसन्धान थालेको थियो । 

कतिपय स्थानमा युवतीसँगै सादा पोशाकका प्रहरी आफन्त बनेर पुगेका थिए । प्रहरी स्रोतका अनुसार ती युवती मोडल पनि हुन् ।

उनलाई आफ्नो प्रस्तुती देखाएवापत् उचित पारिश्रमिक दिने बताइएको थियो । 

आपसी सहमतिमा सबै कुरा मिलिसकेपछि ती युवती विराटनगर जान तयार भइन् । जहाँ सादा पोशाकमा रहेका प्रहरी पनि सँगै थिए । 

विराटनगर पुगेपछि उनलाई एक धार्मिक आश्रममा लगिएको उच्च प्रहरी स्रोत बताउँछ । त्यहाँ पुगेपछि उनलाई विभिन्न धार्मिक बस्त्र पहिर्‍याइयो ।

उनको खुट्टामा कालो धागो बाँधियो । उनलाई फेरि भारत जानुपर्ने बताइएपछि प्रहरीले सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भारत लगेर ती युवतीलाई बलि चढाउने योजना थियो । 

विराटनगर पुर्‍याइएकी युवतीलाई राखिएको कोठामा अर्की एकजना महिला पनि रहेको प्रहरी स्रोतले जानकारी दियो ।

जो ती युवतीसँगै काठमाडौंबाट गएकी थिइन् । 

एक अधिकारीका अनुसार ती युवतीलाई विराटनगरबाट भारतमा रहेका एकजना धार्मिक बाबाको आश्रममा पुर्‍याउने योजना थियो । 

भारत पुर्‍याएर बलि दिने योजना रहेको प्रहरी स्रोत बताउँछ । 

प्रहरीले घटनाबारे जानकारी पाएपछि काठमाडौं र स्थानीय प्रहरीको समवन्यमा घटनामा संलग्न रहेको आरोपमा सातजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा श्रीमान्–श्रीमती नै छन् । 

उनीहरुले युवतीलाई भारतसम्म पुर्‍याउनकै लागि ‘र्‍याम्प सो’देखि सासंस्कृती कार्यक्रमको नक्कली योजना बुनेका थिए । योजनामा संलग्न सबैलाई पारिश्रमिक दिने गरेको खुलेको छ । 

सांकेतिक तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro