site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीलाई दुई वर्षसम्म झुक्याउने ह्याकर ! जसले आफ्नै कार्यालयकी युवतीलाई ब्ल्याकमेल गरिरहे
SkywellSkywell

काठमाडौं । झन्डै दुई वर्षअघि महानगरीय अपराध महाशाखा टेकुमा काठमाडौं नयाँ बानेश्वरकी २७ वर्षीया युवती हतास मनस्थितिमा पुगिन् । उनले प्रहरीलाई आफ्नै नम्बरको भाइबर एकाउन्टबाट आफ्नै बुबालाई आफ्नो पलपलको खबरबारे म्यासेज गइरहेको बताइन् । प्रहरीले ती युवतीको फेसबुक ‘एकाउन्ट’ को अनुसन्धान गर्‍यो ।

पीडित युवतीले भाइबर प्रयोग नै गरेकी थिइनन् । प्रहरीलाई घटना नयाँ त लाग्यो तर युवतीको कुराको सुरुमा विश्वास लागेन । महाशाखाको टोलीले एकदिन युवतीको मोबाइल प्रहरीकै कार्यालयमा राख्यो ।

एक अधिकारी भन्छन्, ‘‘युवतीको मोबाइल हाम्रै कार्यालयमा हुँदा पनि उनको नम्बरबाटै उनका बुवालाई म्यासेज गइरह्यो । म्यासेजमा उनले आज कस्तो लुगा लगाएकी छन्, के खाजा खाइन् । कतिबेला घरबाट निस्किन् । सबै जानकारी थियो । मोबाइल हामीसँगै हुँदा पनि म्यासेज गएपछि हामी झस्कियौं ।’’

KFC Island Ad
NIC Asia

ती युवतीमा मानसिक दबाव थपिँदै गयो । प्रहरी ती म्यासेजबारे नेपाल टेलिकमसँग प्राविधिक सहयोग माग्यो । तर, टेलिकमका प्राविधिकले समेत त्यो घटनाको रहस्य पत्ता लगाउन सकेनन् । 

महाशाखाका एसएसपी सहकुल थापा भन्छन्, ‘‘ती युवतीले सादा मोबाइल सेट बोक्न थालिन् । आफ्नो फेसबुक आइडी सबै डिएक्टिभसम्म गरिन् । तर, त्यसपछि बुबालाई नभएर उनका साथीलाई समेत म्यासेज पठाउन थाल्यो, ह्याकरले । ह्याकरले ती युवतीको जीवन नै वर्वाद गर्नेसमम्मको धम्की दिन थाले ।’’ केही समयपछि ह्याकरले विदेशी नम्बरबाट समेत म्यासेज गर्न थाले । 

Royal Enfield Island Ad

प्रहरी र पीडित दुवै यो घटनाले तनावमा थिए । प्रहरीका लागि नयाँ घटना थियो । कहीँबाट पनि म्यासेज कसले गरिरहेको छ भन्ने पत्ता लाग्न सकेको थिएन । प्रत्येक सातादिनमा पीडित युवती र उनका आफन्त अपराध महाशाखा आइरहेकै हुन्थे । 

एसएसपी थापा भन्छन्, ‘‘केही दिनअघि ती युवती आफैंले गुगल सर्च गर्न थालिन् । त्यही क्रममा उनले अनलाइनबाट डिसपोजल नम्बर क्रेट गर्न सकिने जानकारी पाइन् । उनले आफ्नो बुबालाई आइरहेको म्यासेजबारे त्यो वेबसाइटलाई इमेल लेखिन् । त्यो वेबसाइटले इमेलको जवाफ फर्काउँदै अनलाइनबाट नम्बर क्रेट गर्न सकिनेबारे जानकारी दियो ।’’

महाशाखाका एक आईटी विज्ञका अनुसार एक वेबसाइटमा गएर डिसपोजल नम्बर लिन सकिन्छ  । त्यो अनलाइनले एक पासवर्ड दिन्छ । त्यो पासवर्ड प्रयोग गरेपछि एउटा कोड आउँछ । त्यो कोड राखेर जुनसुकै देशको नम्बर नै सेट गर्न सकिन्छ । ती ह्याकरले पनि त्यही विधिबाट पीडित युवतीको नम्बर ह्याक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यो सबै कुराको जानकारी पाएपछि महाशाखाले त्यो नम्बर प्रयोगकर्ताको ‘आईपी एड्रेस’ पत्ता लगायो, वर्ल्डलिङ्कको सहयोगमा ।

एसएसपी थापा भन्छन्, ‘‘आईपी एड्रेस पाएपछि हामीले अनुसन्धान गर्दै जाँदा ती युवतीकै कार्यालयमा काम गर्ने एक कर्मचारीको घरमा देखायो । घटनामा उनकै संलग्नता देखिएको छ । आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले युवतीलाई फसाउन त्यस्तो गरेको देखियो ।’’ 

एकै कार्यालयमा काम गर्ने भएकाले ती युवकले युवतीको मोबाइल समेत बेलाबेला चलाउने गरेको त्यतिबेला भाइबरको कोड समेत चोरेको हुनसक्ने प्रहरी अनुमान छ । महाशाखाको टोलीले उनलाई पक्राउ गरेर साइबर अपराधमा मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । 

सामाजिक सञ्जालबाट अपराधका घटना निरन्तर बढिरहेका छन् । अपराधका नयाँ–नयाँ स्वरूपमा देखिएको साइबर अपराध पछिल्लो समय ठूलो चुनौती बन्दै गएको छ । प्रहरीको एक तथ्याङअनुसार नेपालमा झन्डै १ करोड बढी फेसबुक प्रयोगकर्ता छन् भने इमो, भाइवर, ह्वाट्सएपलगायतका लाखौं प्रयोकर्ता छन् । 

सामाजिक सञ्चाल प्रयोगको ज्ञानको अभाव र कतिपय अवस्थामा आफ्नै सानो गल्तीमा कारण त्यसबाट प्रयोगकर्ताले ठूलो समस्या झेल्नुपरेको एसएसपी थापा बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro