site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘एक स्थानीय तह, एक स्मार्ट कृषि गाउँ’अन्तर्गत दाङमा दुई गाउँ थपिए
Sarbottam CementSarbottam Cement

दाङ । प्रदेश नम्बर ५ सरकारले 'एक स्थानीय तह, एक स्मार्ट कृषि गाउँ'को अवधारणालाई अघि सारेको छ ।

कृषि ज्ञान केन्द्र दाङले स्मार्ट कृषि गाउँ कार्यक्रमका विषयमा घोराहीमा आयोजना गरेको छलफलमा दाङमा यस वर्ष दुई ठाउँमा कृषि गाउँ तोकिएको जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले यस बर्ष बबई र दंगिशरण गाउँपालिकामा स्मार्ट कृषि गाउँको कार्यक्रम लागु हुने जानकारी दिएका छन् । यसअघि गतवर्ष दाङका ६ स्थानिय तहमा स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत कृषि, पशुपालन र कागती खेतीको काम सुरुभएको छ । 

कृषिका माध्यमबाट सबै क्षेत्रमा नमूना परिवर्तन ल्याउने गरी प्रदेस सरकारले स्मार्ट कृषि गाउँको अबधारणा अघि सारेको हो । कार्यक्रममा विभिन्न स्मार्ट कृषि गाउँका संयोजकहरुले किसानहरु उत्साहित भएको बताएका छन् । साथै सरकारलाई पर्याप्त पानीको व्यवस्था गर्न समेत सुझाव दिएका छन् ।

Global Ime bank

सिचाईं विना स्मार्ट कृषि गाउँ सफल नहुने भन्दै त्यस तर्फ स्रोत र पूर्बाधारको तयारी गर्न सुझाब दिएका हुन् । कृषिले रोजगारी र उत्पादनमा टेवा पुर्‍याउने भन्दै सरकारले ल्याएका योजनालाई सफल बनाउन स्मार्ट गाउँका किसानहरु लाग्नु पर्ने बताएका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement