site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस नेताको रिहाइको माग 
SkywellSkywell

चितवन।  ईच्छाकामना गाउँपालिका वडा नम्बर २ मा कम्युनिस्टहरूले वडा कार्यालय सार्न खोज्दा स्थानीयले विरोध गरी वडाध्यक्ष र पार्टी वडाध्यक्षलाई कालोमोसो लगाएको घटनामा स्थानीय कांग्रेस नेतालाई आरोप लगाएपछि कांग्रेस चितवनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त घटनाको बिषयमा कांग्रेस नेतालाई झुटा आरोप लगाई पक्राउ गरेको विरोधमा विना सर्त रिहाईको माग गरिएको छ ।  नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठद्वारा आइतबार जारी विज्ञप्तिमा उत्पन्न परिस्थितिको स्वयं सत्तारुढ दल र स्थानीय प्रहरी प्रशासन जिम्मेवारी हुने चेतावनी दिइएको छ ।

KFC Island Ad
NIC Asia

विज्ञप्तिमा, "वडा नम्बर २ को कार्यालयमा विगतमा विवाद हुदै आइरहेको र हिजो विदाको दिनमा राती ९ बजे कार्यालय सार्ने क्रममा स्थानीय स्थानीय जनसरोकारका विषयलाई बेवास्ता गरी स्थानीयले वडा अध्यक्ष पञ्चबहादुर चेपाङ र नेकपाका वडा पार्टी कमिटीका अध्यक्ष प्रकाश बुढाथोकीलाई स्थानीयले कालोमोसो दलेको बिषयलाई राजनीतिकरण गर्न खोजिएको"   उल्लेख छ ।

"यस विषयमा पार्टीका सक्रिय स्थानीय नेताको नाम जोडेर नेपाल कम्युनिष्ट पार्टीले विज्ञप्ति प्रकाशित गरी वडा अध्यक्षको गलत कार्यको प्रोत्साहन गरेको प्रति कांग्रेस घोर आपत्ति प्रकट गर्दछ," विज्ञप्तीमा लेखिएको छ । 

Royal Enfield Island Ad

नेपाली कांग्रेसका नेताद्वय उत्तर बहादुर गुरुङ र विर्ख बहादुर गुरुङलाई झुटा आरोप लगाएर पक्राउ गरेको भन्दै कांग्रेस चितवनले अविलम्ब रिहाईको माग गरेको छ । 

घटनाको विषयमा नेकपाले यसअघि विज्ञप्ति जारी गरी पक्राउ गरेर कारवाही हुनुपर्ने माग राखेको थियो । उक्त घटनामा स्थानीय कांँग्रेस  नेता निर्दोष रहेको भन्दै  कांग्रेसले नेकपाको विज्ञप्तीको खण्डन गरी विज्ञप्ती जारी गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro