site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अनुराधा कोइराला भारत सरकारको पद्मश्री अवार्डबाट सम्मानित
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । समाजसेवी अनुराधा कोइराला भारत सरकारको चौथो ठूलो अवार्ड पद्मश्रीबाट सम्मानित भएकी छन् ।   राजधानी दिल्लीस्थित राष्ट्रपति भवनमा बिहीबार आयोजित सम्मान कार्यक्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अनुराधा कोइरालालाई पद्मश्रीले सम्मान गरेका हुन् ।  चेलीबेटी बेचबिखन रोकथामका लागि सक्रिय माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई पद्म श्री अवार्ड प्रदान गरिएको हो ।

राजनीति, संगीत, समाजसेवालगायत विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिलाई प्रदान गरिने पद्म श्री सम्मान चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रणमा लामो समयदेखि क्रियाशील कोइरालालाई पनि प्रदान गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले स्थापना गरेको माइती नेपाल संस्थाले २२ वर्षदेखि चेलीबेटी बेचबिखन र ओसारपसार नियन्त्रणका लागि सक्रिय रुपमा काम गर्दै आएको छ । त्यसैगरि समारोहमा राष्ट्रपति प्रणव मुखर्जीले सिक्किमका कवि, लेखक र संगीतकारका रुपमा आफ्नो शीर्ष पहिचान बोकेका बिर्खबहादुर मुरिङलालाई पद्मश्री अवार्डले सम्मानित गरे ।

 कला, शिक्षा, उद्योग, साहित्य, विज्ञान, खेल, औषधि, सामाजिक सेवालगायतका क्षेत्रमा गरेका उल्लेख्य कामका लागि पदमश्री प्रदान गर्ने गरिन्छ । कोइराला  भारतीय उच्च सम्मान पद्मश्री पाउने पहिलो नेपाली समेत भएकी छन । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय लगायत भारतका उच्च पदस्थ अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ३१, २०७३  २०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय