site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
एनसेल बाह्रखरी गल्फमा २४ कर्पोरेट गल्फरले राखे रेकर्ड
Sarbottam CementSarbottam Cement

लुक्ला । बाह्रखरी तेस्रो संस्करणको वार्षिक आमन्त्रित गल्फ टुर्नामेन्टमा २४ जना कर्पोरेट गल्फरले रेकर्ड कायम गरेका छन् । उनीहरु विश्वमै सबैभन्दा उचाइमा आयोजना भएको एनसेल बाह्रखरी गल्फमा सहभागी भएर नयाँ रेकर्ड कायम गरेका हुन् । आइतबार बिहान चारहजार दुई सय पचास मिटर उचाइमा नयाँ रेकर्ड कायम गरिएको थियो भने मंगलबार र बिहीबार गरी बाँकी कर्पोरेट गल्फर सहभागी भएका हुन् ।

आइतबार विकास राणा, रेखा घिमिरे, आरती राज्य लक्ष्मी राणा, राजेन्द्र श्रेष्ठ, पवित्रकुमार कार्की र क्याप्टेन नोर्बु शेर्पा चार हजार दुई सय ५० मिटरको उचाइमा भएको गल्फमा सहभागी भएका थिए । मंगलबार दुईजना विदेशी पत्रकार पनि उक्त क्षेत्रमा भएको गल्फ प्रतियोगितामा सहभागी भएका थिए ।
अमेरिकी पत्रकार स्टेफनी मिन्डी वेइ र आन्या अल्भारेज मंगलबार बिहान चार हजार दुईसय ५० मिटरको उचाइमा रहेको कोङ्दे री मा पुगेर गल्फ खेलेका हुन् ।

यो अल्टिच्युड गल्फ खेलमा विश्वकै रेकर्ड हो ।  त्यसैगरी बिहीबार बिहान भएको खेलमा अनिर बन, दमन घले, दाबा शेर्पा, नरिन्टोर्न सुकासियम, प्रदीपकुमार श्रेष्ठ, सुहृद घिमिरे, भाइराजा पाण्डे, दिपक खड्का र महेन्द्रकान्त मैनाली सहभागी थिए । बिहीबार बिहान काठमाडौंबाट हेलिकोप्टरमा पुगेको कर्पोरेट गल्फरको टोलीले गल्फ खेलेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी आइतबार बिहानैदेखि मौसममा आएको खराबीका कारण बाँकी आठजना खेलाडी कोङ्दे रीमा सहभागी हुन सकेनन् । उनीहरु तीनहजार आठ सय ८० मिटरको उचाइमा रहेको स्याङबोचेमा टुर्नामेन्ट खेलेका थिए । रबिन्द्रमान श्रेष्ठ, डा. भगवान कोइराला, आनन्दराज बतास, राजीबविक्रम शाह, राजु थकाली, बलराम थापा, राजकुमार अहिर र देबेन्द्र बजगाइँ सहभागी भएका थिए ।

Global Ime bank

आइतबार बिहानैदेखि खराब मौसमका बाबजुद् पनि खेलाडीहरुले सफलतापूर्वक खेल प्रदर्शन गरेका थिए । आइतबार खराब मौसमका कारण त्यहाँ पुग्न नसकेका कर्पोरेट गल्फरहरु बिहीबार सहभागी भएको बाह्रखरी मिडियाका उप–महाप्रबन्धक सूर्य घिमिरेले जानकारी दिए ।
यो अल्टिच्युड गल्फ खेलमा विश्वकै रेकर्ड हो । 

‘एनसेल प्रेजेन्टस बाह्रखरी एभरेस्ट गल्फ २०१९’ भन्ने ब्यानरमा भएको सो कार्यक्रममा विश्वकै सबैभन्दा उचाइमा रेकर्ड राख्ने खेलाडीको पहिलो टोलीमा विकास राणा, रेखा घिमिरे, आरती राज्य लक्ष्मी राणा र राजेन्द्र श्रेष्ठ रहेका थिए । 

भाग्यशाली खेलाडीमध्ये राणाले ३ स्ट्रोकको र श्रेष्ठले बोगी हासिल गरेका थिए ।

आइतबार तय भएको सो कार्यक्रम प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्ने तयारी भएको भए पनि खराब मौसमका कारण त्यो सम्भव हुन सकेन ।

एनसेल सो कार्यक्रमको टाइटल स्पोन्सर हो । सो कम्पनीले नेपाल सरकारले भ्रमण वर्ष २०२० कार्यक्रम घोषणा गरिरहेको बेलामा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले बाह्रखरी मिडियासँग सहकार्य गरेको जनाएको छ ।

एनसेलका अतिरिक्त नेपाल पर्यटन बोर्ड र भिजिट नेपाल २०२० अभियानले पनि यो कार्यक्रममा एशोसिएसन पार्टनरको रुपमा सहकार्य गरेका थिए ।

‘‘एनसेल बाह्रखरी मिडियासँग विश्वकै सबैभन्दा उच्च अल्टिच्युड भएको स्थानमा भएको कार्यक्रममा सहकार्य गर्न पाउँदा प्रसन्न रहेको छ र हामी आयोजकलाई बधाई दिन चाहन्छौं । सो कार्यक्रमका आगामी टुर्नामेन्टहरु बिना कुनै बाधा सम्पन्न हुने कुरामा म विस्वस्त रहेको छु,’’एनसेलका नेपालस्थित प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने ।

‘‘एनसेल निरन्तर रुपमा आफ्नो ब्रान्डको प्रतिवद्धताअनुसार समर्थन गर्न सदा दृढ रहेको छ । हाम्रा ग्राहकले आफ्नो यस खालको सपना महसुस गर्नु हुनेछ र नेपालले गर्न सक्ने राम्रो कामको लागि अभिप्रेरणा मिल्नेछ,’’ उनले भनेका छन् ।

बाँकी खेलहरु सबै खेलाडीले यही २६ अक्टोबरका दिन गोकर्ण फरेस्ट रिसोर्टमा खेल्नेछन् । टुर्नामेन्टको बिजेतालाई शील्ड र सुनको गल्फ बल प्रदान गरिनेछ । गोकर्णमा हुने खेलमा करिब १०० जना कर्पोरेट गल्फर्सको सहभागिता हुने अपेक्षा गरिएको छ ।  

‘‘सरकारले अघि सारेको पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउन लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौं । आइतबार कार्यक्रमस्थलमा जान खराब मौसमका कारण थुप्रै पाहुना तथा पत्रकारहरुले पनि अवरोध सामना गर्नुपरे पनि पटक पटकको प्रयासका बाबजुद हामीले रेकर्ड कायम गर्न सफल भएका छौं । नेपालको प्राकृतिक सुन्दरता र पर्यटकीय गन्तव्यका बारेमा अन्तर्राष्ट्रिय पत्रकारहरुले प्रवर्द्र्धन गर्नुहुनेछ भन्ने हामीले आशा लिएका छौं,’’ बाह्रखरी मिडियाका उप–महाप्रवन्धक घिमिरेले भने ।

बाह्रखरी एउटा नेपालको अनलाइन न्यूज पोर्टल हो । जसले सन् २०१७ देखि नै वार्षिक रुपमा गल्फ इभेन्टको आयोजना गर्दै आइरहेको छ ।  कोङ्दे रीको चारहजार दुई सय ५० मिटरमा आयोजना गरिएको गल्फ टुर्नामेन्टमा स्वर्गीय आङ्ग छिरिङ्ग शेर्पाप्रति पनि श्रद्धाञ्जली दिइएको थियो । शेर्पा एक जना प्रतिष्ठित पर्यटन व्यवसायी हुन् । जसको फेब्रुअरी २०१९ मा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । विश्व रेकर्ड कायम गर्न त्यहाँ पुगेका विकास राणाले आइतबार स्वर्गीय शेर्पाको तस्बिरमा माल्यार्पण गरेर सम्मान गरेका थिए । 

भाटभटेनी सुपरमार्केट र सिभास रेगल कार्यक्रमका प्रायोजक हुन् । थाइ एयरलाइन्स पार्टनर, काल्र्सबर्ग बेभरेज पार्टनर, आएमइ ग्लोबल बैंकिङ्ग पार्टनर र टाटा एच फाइभले भेइकल पार्टनर रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement