site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रत्येक वर्ष मृगौलाका ३ हजार नयाँ विरामी 
SkywellSkywell

काठमाडौं । नेपालमा प्रत्येक वर्ष तीन हजार मृगौला रोगका विरामी थपिने गरेका छन् । नेपालको कुल जनसंख्याको करिब १० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मृगौलाको रोग रहेको विशेषज्ञकहरु बताउँछन् । नेपाल सरकारको पछिल्लो तथ्यांक अनुसार हाल देशैभर ४ हजार ५ सय मिर्गौला रोगीले नियमित डायलाइसिस गरिरहेका छन् ।  

राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रले वि.सं. २०६९ कात्तिक २७ देखि हेमोडायलाइसिस सेवा सुरु गरेको थियो । सोही  माघ ६मा केन्द्रले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको थियो । त्यसयता हालसम्म ६५६ जनामा मृगौला प्रत्यारोपण गराएको तथ्यांक छ । केन्द्रले सबैभन्दा बढी मृगौला प्रत्यारोण गरेको देखिन्छ ।  

त्रिवि शिक्षण अस्पतालले हालसम्म ५७२ जनामा प्रत्यारोपण गरेको तथ्याङ्क छ । मृगौला प्रत्यारोपणको अनुमति लिएका ८ अस्पताल मध्ये करिब ८६ प्रतिशत हिस्सा मानव अंग प्रत्यारोपण र टिचिङ अस्पतालको ओगटेको देखिन्छ । 
उता, वीर अस्पतालले हालसम्म जम्मा १५० जनामा मृगौला प्रत्यारोपण गराएको छ । हाल उक्त सेवा बन्द छ । निजी अस्पतालतर्फ पहिलो मृगौला प्रत्यारोपणको अनुमति लिनेमा ग्रान्डी अस्पताल रहेको थियो । त्यसयता हालसम्म पाँच वटा निजी अस्पताल रहेका छन् । 

KFC Island Ad
NIC Asia

बरिष्ठ मृगौला रोग विशेषज्ञ डा.ऋषीकुमार काफ्ले नेपालको कुल जनसंख्याको करिब १० प्रतिशत अर्थात झन्डै ३० लाख मानिसमा कुनै न कुनै रूपले मृगौलामा समस्या रहेको बताउँछन् । 

“पछिल्लो समय मृगौलाका विरामीहरु बढ्नुको कारण खानपान र जीवनशैलीका पनि हो,” उनले भने “सहरी क्षेत्रका ग्रामीण क्षेत्रका तुलनामा छिटो आउने गरेका छन्,” उनले भने “हरेक वर्ष मृगौला रोगको उपचारमा ३ हजार नयाँ बिरामी थपिने गरेका छन्, जुन अस्पतालमा आउने विरामीको मात्र तथ्याङक हो ।” 

Royal Enfield Island Ad

मृगौला रोग विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठले मृगौला प्रत्यारोपणका लागि दाताको अभाव हुने, प्रत्यारोपण पछिको महँगो औषधि खर्चलगायत कारणले गर्दा नै विश्वमै प्रत्यारोपणको गति सुस्त रहेकोे बताए ।  

मृगौला रोग विशेषज्ञ शक्ति बस्नेतले पिसाबमा फिँज देखिएने, रगत बग्ने समस्या देखिएमा तुरुन्तै मृगौला रोग विशेषज्ञलाई देखाउन सुझाब दिए । 

मानव अंग प्रत्यारोपण निर्देशिका, २०७५ को दफा २८ को उपदफा २ मा अस्पतालमा अंग प्रत्यारोपणसम्बन्धी शल्य चिकित्सक र फिजिसियन पूर्णकालीन हुर्नुपर्ने उल्लेख छ । सोही उप दफामा नै सूचिकृत अस्पतालमा प्रत्यारोपणका लागि दुइवटा अप्रेसन थिएटर, एनेस्थेसियाको इक्विपमेन्ट, भेन्टिलेटर, मनिटर, रक्तपरीक्षण २४ घण्टा उपलब्ध हुनुपर्ने उल्लेख छ । नेपालमा वि.स २०७४ वैशाख १ बाट मृगौला प्रत्यारोपण निःशुल्क गरिने जनाएको थियो । त्यसअघि नै मृगौलाको डायलाइसिस सेवा निःशुल्क गरिसकेको थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro