site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दसैं आयो, तर पनि व्यापार बढेन 
SkywellSkywell

चितवन । दसैं सुरु भएसँगै चितवनका बजारमा चहलपहल छैन । प्रायः चाडबाडमा बढी भीड हुने खाद्यान्न, लत्ता कपडालगायतका पसलहरुमा पनि ग्राहकको उपस्थिति पातलो छ । 

अघिल्ला वर्षहरुमा ग्राहकको उपस्थिति बाक्लै भए पनि यसबर्ष दसैंको पूर्वसन्ध्यामा ग्राहकहरुमा खासै रौनक देखिँदैन । सधैँजसो व्यस्त भइरहने भरतपुरका ठूला कम्प्लेक्स र सुनचाँदी पसललगायतमा ग्राहकको संख्या बढ्न नसकेको व्यवसायी बताउँछन् ।

बजारमा चहलपहल नभएपछि व्यवसायीहरु आफूहरुलाई दसैं आएको भान नभएको बताउँछन् । गढीमाई सुनचाँदी पसल सहिदचोकका व्यवसायी रवी बराली सुनको भाउ निरन्तर उकालो लागेपछि व्यापार नै ठप्प भएको बताउँछन । "पोहोरदेखि नै सुनको भाउ बढ्दै गएको हो," उनले भने, "अहिले त ठप्प छ ।"  तीजमा गहनाको  व्यापार ठप्प भए पनि दसैंमा केही व्यापार हुने आशा भने जागेको उनले बताए ।  

KFC Island Ad
NIC Asia

नारायणगढमा कपडाको सबै प्रकारको थोक तथा खुद्रा बिक्रेता ग्रेट वन पेभिलियनमा पनि पहिलेजस्तो ग्राहकहरु आउन सकेका छैनन् । यसका सञ्‍चालक ईश्वरीराज अधिकारी होलसेल कपडाको बिक्री सन्तोषजनक भए पनि खुद्रा बिक्री ह्वात्तै घटेको बताउँछन् । 

"होलसेल मा त बिक्री ठिकै छ," उनले भने, "खुद्रा कपडा किन्न आउने ग्राहकको संख्यामा भने कमी छ,"  बजार प्रतिस्पर्धासँगै व्यवसायमा पनि विविधकरण गर्नुपर्ने उनको बुझाई छ । 

Royal Enfield Island Ad

दसैंमा बढी बिक्री हुने इलेक्ट्रोनिक सामान, ल्यापटप, मोबाइलको बिक्री पनि कम हुँदै गएको कम्प्युटर एशोसियन नेपाल, चितवनका निवर्तमान अध्यक्ष भानु शर्मा बताउँछन । "अहिले बजार विस्तार व्यापक रुपमा भएको छ," उनले भने, "अर्को कुरा चाडबाडमा मात्रै ग्राहकले यस्ता सामान किन्ने ट्रेण्डमा परिवर्तन आएको छ ।" 

उनका अनुसार ग्रामीण क्षेत्रमा बिक्रीको प्रभाव राम्रै भए पनि सहरी क्षेत्रमा चाडबाडमा किनमेल गर्ने ग्राहकको संख्यामा कमी छ । दसैं तिहार लाग्ने बित्तिकै अटोबजारको व्यापार राम्रै हुने गरेको चितवनमा अहिले फाट्टफुट्ट ग्राहकहरु मात्र आउने गरेका छन् । १५ वर्षदेखि मोटरसाइकल एवं गाडीको रिकन्डिसन व्यवसाय गर्दै आएका भरतपुर, युएसए रिकण्डिसनका सञ्चालक महेश थापा बजार विस्तार सँगै चाडबाडमा सवारी किन्ने ग्राहक कम भएको बताउँछन् । 

"अघिल्ला वर्षहरुमा तीज सुरु हुने बित्तिकै बाइक, गाडी बेच्न भ्याइनभ्याइ हुन्थ्यो," उनले भने, "अहिले दसैं आएको जस्तो लाग्दैन ।" 

बजारको विस्तार हुने क्रम र सूचना प्रविधिको प्रयोग र प्रतिस्पर्धासँगै बजार बाँडिएका कारण यस्ता पसल तथा शोरुममा ग्राहकको उपस्थिति कम हुदै गएको व्यवसायीको बुझाई छ ।  दैनिक खाद्यान्न उपभोग्य वस्तुको लागि पहिले मुख्य बजारहरुमा ग्राहक आउने गरे पनि सोही मुल्यमा ग्रामिण क्षेत्रमा पाउने गरेका कारण पनि शहर क्षेत्रका बजारमा ग्राहक नभएका हुन्  । 

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान विदेश जाने युवाहरु समेत उद्योग व्यवसायमा लाग्ने गरेकाले बजार विस्तार सँगै मुख्य बजारमा ग्राहकको संख्या कम भएको बताउँछन् ।  "मानिसको जीवनशैली जस्तै व्यवसायको शैलीमा पनि परिवर्तन गर्नुपर्छ," उनले भने, "अर्को कुरा चितवनका बजारमा पार्किङ्को अभाव छ।" 

व्यवसायीले सूचना प्रविधिको प्रयोग गरी होम डेलिभरी सेवालाई प्रभावकारी बनाउनु पर्ने उनको तर्क छ ।  उनका अनुसार पछिल्लो समय ग्राहक आफैं सचेत हुँदै गएको र आवश्यकता अनुसार बजारमा किन्न आउने भएकाले चाडबाडमा चितवनका बजार सुनसान जस्तै देखिएको हो ।  


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १३, २०७६  ०६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro