site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यान अध्यक्षका लागि पाण्डे र चन्द चुनावी दौडमा, दुवैको एजेण्डा निलम्बन फुकुवा
SkywellSkywell

काठमाडौं । साढे तीन वर्षदेखि आईसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन यसै साता हुँदैछ । राजधानीमा शुक्रबार र शनिबार क्यानको साधारणसभासँगै चुनाव हुने कार्यक्रम छ । 
आईसीसीका पदाधिकारी र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालसहितको छलफलपछि अघिल्लो साता तय गरिएको निर्वाचनमा पूर्वअध्यक्ष विनयराज पाण्डे र चतुरबहादुर चन्द अध्यक्षका लागि प्रतिस्पर्धा गर्दैछन् । 

दुवै पक्षको चुनावी एजेण्डा क्यानमाथिको निलम्बन फुकुवामा नै केन्द्रित छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को बोर्ड बैठक असोज २६ गते बस्दैछ । लामो समयदेखिको निलम्बन यसै बैठकबाट फुकुवा हुने अपेक्षा गरिएको छ । आईसीसीकै मापदण्ड अनुसार निर्वाचन सम्पन्न भए क्यानमाथिको निर्वाचन फुकुवा हुने प्रबल सम्भावना छ । 

KFC Island Ad
NIC Asia

त्यसकारण यतिबेला दुवै पक्ष चुनावी मैदानमा भिड्ने दौडधुपमा छन् । क्यानको कामकारबाहीको अनुभव सम्हालिसकेका दुवै नयाँ ढंगले अघि बढ्न दाबीसहित उम्मेदवारी दिएको बताउँछन् । 

सन् २००६ मा क्यानको अध्यक्ष भइसकेका विजयराज पाण्डे फेरि क्यानलाई सही ढंगले अगाडि बढाउने योजनासहित चुनावमा भिड्न लागेको बताउँछन् । उनी भन्छन्, “मैले जति भोट ल्याए पनि लड्ने पक्का हो । भलै चतुरबहादुरले जित्नुहोला तर मेरो उम्मेदवारी क्रिकेटको विकासका लागि हो ।” 

Royal Enfield Island Ad

विनयराज क्यानको अध्यक्षमा आफू कुनै स्वार्थका लागि नभई विशुद्ध क्रिकेटको विकास लागि जान लागेको दाबी गर्छन् । “४० वर्ष महासचिव, अध्यक्ष भई बसेको ठाउँमा म फेरि किन जानुपर्ने ? एउटै कारण– भत्किएको क्रिकेट बनाउने हो,” उनले थपे, “मेरो पक्षमा समर्थन कम होला । तर अनुभव बढी छ ।”

पाण्डे अध्यक्ष हुँदा उपाध्याक्ष रहेका चन्द धरासायी क्रिकेटलाई उचाइमा पुर्याउने योजनासहित उम्मेदवारी पक्का गरेको बताउँछन् । २०७२ सालमा निर्वाचित भए पनि छोटो समयमै क्यान निलम्बनमा परेपछि कामकारबाही अपेक्षाकृत गर्न नसकेका चन्द ४–५ वर्षमा धरासायी बनेको नेपाली क्रिकेटलाई उचाइमा पुर्याउने दाबी गर्छन् । उनी भन्छन्, “नेपाली क्रिकेटको अवस्था खस्किएको छ । मेरो नेतृत्व आयो भने क्रिकेटका गतिविधिमा पुनरागमन हुनेछ ।” 

नेपाली क्रिकेटलाई तल्लो तहबाटै विकास गर्ने दाबी गरेका चन्दले भने, “अहिलेको अवस्थामा ग्रासरुट त कहाँ लगभग क्रिकेट मरेको अवस्थामा छ । निर्वाचित भए नयाँ ढंगले अघि बढ्नेछु ।” 

शनिबार हुने निर्वाचनमा अध्यक्षसहित १७ सदस्यीय नयाँ नेतृत्वका लागि ५९ जनाले मतदान गर्नेछन् । ३९ जिल्लाका प्रतिनिधि र बाँकी २० प्रदेशका प्रतिनिधिले भोट गर्न पाउँछन् । निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित १७ सदस्य चुनिनेछन् । १७ मध्ये एक महिला हुनुपर्ने विधानमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro