site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चार वर्षपछि संघीय संरचना बनाउँदै कांग्रेस, सुदूरपश्चिमका सबै जिल्लामा जिम्मेवारी बाँडफाँट
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलुक संघीयतामा गएको चार वर्षपछि बल्ल नेपाली कांग्रेसले पार्टीको संगठनलाई संघीय संरचनाअनुसार विस्तार गरिरहेको छ । पार्टीले संघीय संरचनाअनुसार संगठन विस्तारको निर्देशन दिएपछि जिल्ला कार्यसमितिहरुले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय कार्यसमिति गठनलाई तीव्रता दिएका छन् । 

केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार कांग्रेसका जिल्ला कार्यसमितिहरुले सुदूरपश्चिममा पार्टी संगठनलाई संघीय संरचनाअनुसार गठन गरेका छन् । सुदूरपश्चिमका नौवटै जिल्लाका कार्यसमितिहरुले संगठनलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रअनुसार विस्तार गरिएको जानकारी दिएका छन् । 

कैलाली कांग्रेसका सभापति नरनारायण शाह ‘मनु’ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा भुवनेश्वर अधिकारी तथा प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ र ख’को सभापतिमा क्रमशः रामकृष्ण चौधरी र प्रकाश शाहलाई चयन गरिएको जानकारी दिएका छन् । उनका अनुसार निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा भक्तबहादुर थापा तथा प्रदेशसभा ‘क’ र ‘ख’मा डम्बर भण्डारी र तेजप्रताप मल्ल सभापतिमा चयन भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को सभापतिमा खेमराज डगौरा थारू चयन हुँदा प्रदेशसभा ‘क’ र ‘ख’मा क्रमशः जीवनप्रसाद श्रेष्ठ र लक्ष्मण शाहीले नेतृत्व पाएका छन् । यस्तै निर्वाचन क्षेत्र नम्बर ४ को सभापति दिनेशराज जोशी तथा प्रदेशसभा ‘क’ र ‘ख’ को सभापतिमा क्रमशः दलबहादुर सावद र खेमबहादुर सावद चुनिएका छन् । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा सभापति हरिश खड्का, प्रदेशसभा ‘क’ मा सभापति कुम्भराज गिरी र प्रदेशसभा ‘ख’ मा सभापति कलावती जोशी चयन भएका छन् । कैलालीमा ६ क्षेत्रअनुसार क्षेत्रीय समिति र सभापतिहरु थिए । संघीय संरचना अनुसार कैलालीका पाँच प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १० प्रदेशसभा निर्वाचन क्षेत्रअनुसार समिति निर्माण गरिएको कांग्रेस कैलालीका सभापति शाहले जानकारी दिए । 

Global Ime bank

कैलालीको निर्वाचन क्षेत्र ३ र ४ क्षेत्रको समायोजनपछि ३ का सभापति जीवनराज श्रेष्ठ र ४ का सभापति खेमराज चौधरीबीच पार्टीभित्र जेष्ठताका आधारमा चौधरी ४ को प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय समितिको सभापति र श्रेष्ठ प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय सभापति भएका छन् । 

कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा साविककै सभापति गोपीप्रसाद उपाध्याय तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय समितिअन्तर्गत ‘क’ को सभापतिमा देवेन्द्र खड्का र ‘ख’ को सभापतिमा चेतन राईलाई चयन गरिएको जानकारी दिए । 

उनका अनुसार क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय समितिको सभापतिमा दलबहादुर बोहरालाई मनोनित गरिएको छ । मुलुक संघीय संरचनामा जानुपूर्व बोहरा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को सभापति थिए । जिल्ला सभापति बोहराका अनुसार उनलाई साविक निर्वाचन क्षेत्र नम्बर २ का सभापति चिन्तामणि भट्टले प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय समितिको सभापतिमा प्रस्ताव गरेका थिए । 

कञ्चनपुर क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा ‘क’ मा झंकर खड्का ‘पुरन’ र ‘ख’ मा करन ऐरले सभापतिको जिम्मेवारी पाएका छन् । कांग्रेस कञ्चनपुरले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को सभापतिमा गोपाल भट्टलाई निरन्तता दिँदै प्रदेशसभा ‘क’ मा प्रकाश जोशी र ‘ख’ मा नरबहादुर सावदलाई सभापतिको जिम्मेवारी दिएको जिल्ला सभापति बोहराले जानकारी दिए । 

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा मानबहादुर बुढामगर र ‘ख’ मा करुणाकर भट्टले सभापतिको जिम्मेवारी पाएका छन् । यस्तै बैतडीमा प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा गौरीसिंह रावल र ‘ख’ मा तेजबहादुर चन्द सभापति भएका छन् । 

दार्चुलाका सभापति ललितसिंह बोहराले प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा हरकसिंह बिष्ट र ‘ख’ मा अमरसिंह धामीलाई सभापतिको जिम्मेवारी प्रदान गरिएको जानकारी दिए । यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा भक्तराज जोशी र ‘ख’ मा धनबहादुर खड्काले सभापतिको जिम्मेवारी पाएका छन् । बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा गोविन्दबहादुर मल्ल र ‘ख’ मा दीपक शाह सभापतिमा मनोनित भएका छन् । 

अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का सभापति लक्ष्मण खड्कालाई निरन्तरता दिँदै प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा राजेन्द्र कुँवर र ‘ख’ मा डम्बर स्वाँरलाई सभापति बनाइएको जिल्ला सहसचिव वेदप्रकाश तिमिल्सैनाले जानकारी दिए । यद्यपि खड्का विगत दुई वर्षदेखि अमेरिकामा रहेकाले कृष्ण बुढाले कार्यवाहक सभापतिको हैसियतमा कार्यभार सम्हाल्दै आएका छन् । 

सहसचिव तिमिल्सैनाका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पनि सभापति लक्ष्मण शाहीलाई निरन्तरा दिँदै अछाम कांग्रेसले प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ को सभापतिमा क्रमशः टेकबहादुर धामी र पूर्णबहादुर रावललाई सभापतिमा चयन गरेको छ । 

कांग्रेस डोटीका सभापति प्रदीप देउवाले मुलुक संघीय संरचनामा जानुअघि सभापतिको जिम्मेवारीमा रहेका क्षेत्रीय सभापतिलाई प्रदेशसभा निर्वाचन क्षेत्रमा जिम्मेवारी सुम्पिएको जानकारी दिए । उनका अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा साविक डोटी–१ का सभापति विजयसिंह खड्का र ‘ख’ मा साविक २ का सभापति सीताराम जोशी सभापति बनेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !