site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गायिका टेलर स्विफ्टको एकदिनको कमाई ५.७९ करोड रुपैयाँ

एजेन्सी । अंग्रेजी म्यागेजिन फोर्ब्सले यही साता सबभन्दा धेरै कमाउने गायकको लिस्ट सार्वजनिक गरेको छ । जसमा अमेरिकन पप गायिका टेलर स्विफ्ट पहिलो स्थानमा पर्न सफल भएकी छिन् ।

फोर्ब्सको रिपोर्ट अनुसार ‘हाइएस्ट पेड सेलिब्रेटी ’ टेलरको वर्षको कमाई अमेरिकी १८५ मिलियन डलर रहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

टेलरको एकदिनको कमाई ५.७९ करोड रुपैयाँ छ । 

फोर्ब्सको यो लिस्टको दोस्रो स्थानमा अमेरिकन पप गायिका वियोन्से छिन् भने रिहाना तेस्रो स्थानमा छिन् ।

फोर्ब्सले गत महिना सार्वजनिक गरेको विश्वमै सबैभन्दा धेरै कमाउने सेलिब्रेटीको लिस्टमा पनि गायिका टेलर स्विफ्ट नै पहिलो स्थानमा थिइन् ।

उक्त लिस्टमा दुई महिलाहरुले मात्रै स्थान बनाउन सफल भएका थिए । जसमा टेलर स्विफ्टपछि दोस्रो स्थानमा पप अमेरिकन रियालिटी स्टार र मोडल काइली जेनर थिइन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  १८:११
प्रतिक्रिया दिनुहोस्