_2100349485.jpg)
काठमाडौं । गायक पुष्पन प्रधानको पूर्वाञ्चल सांगीतिक टुर सुरु भएको छ । टुवोर्गको आयोजनामा भदौ १२ गते झापाको दमकबाट सुरु भएको सांगीतिक भ्रमण आज मोरङको पथरीमा हुँदैछ ।
भाद्र १३ गते सुनसरीको इटहरी, १५ गते झापाको विर्तामोड, १८ गते इलाम, १९ गते काकडभिट्टा र अन्तिम कार्यक्रम सुनसरीको धरानमा हुनेछ ।
“यो पूर्वाञ्चल सांगीतिक टुर पूर्वाञ्चलका विभिन्न जिल्लामा लगातार एकै समय मैले गरेको पहिलो सांगीतिक टुर हो,” पुष्पनले बाह्रखरीसँग भने, “आफ्ना गीतसँगै मैले यो टुरमा नेपाली अग्रजहरुका गीत पनि गाउँदैछु । नायरायणगोपाल, फत्तेमान राजभण्डारी, अरुणा लामा, तारदेवी लगायतका गीत गाउँदैछु ।”
स्रोता तथा दर्शकमाझ प्रत्यक्ष भेट्ने अवसरले नयाँ गीतसंगीत सिर्जनामा भ्रमणले सहयोग पुर्याउने पुष्पनको विश्वास छ ।
नेपाल आइडलमा ‘पंक्षी’ बोलको गीत गाएपछि गायक पुष्पन देश तथा विदेशका सांगीतिक कार्यक्रममा ब्यस्त छन् ।