साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ले रिलिज डेट लिएको छ । ‘छ माया छपक्कै’ले ‘जुनको जुनेली’ बोलको गीत रिलिज गर्दै आज बिहान प्रदर्शन मिति पनि घोषणा गरेको हो ।
निर्माण पक्षका अनुसार ‘छ माया छपक्कै’ असोज २४ गते रिलिज हुने भएको छ । यसअघि दसैं अगाडि अथवा पछाडि रिलिज गर्ने भन्नेमा अन्योल रहेको थियो ।
दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘छ माया छपक्कै’मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङ लगायत कलाकार मुख्य भूमिकामा छन् ।
चलचित्रले आज रिलिज गरेको गीतमा माधव थापा र मीना निरौलाको स्वर रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६ ११:३७
प्रतिक्रिया दिनुहोस्