site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘डेब्यू २०१९’ का लागि अन्तर्राष्ट्रिय मोडलहरु काठामडौंमा

काठमाडौं । ललितपुरको पाटन दरबार म्यूजियममा हुन लागेको अन्तराष्ट्रिय फेसन रनवे ‘डेब्यू २०१९’ का लागि अन्तर्राष्ट्रिय मोडलहरु नेपाल आइसकेका छन् ।

नेपाली फेसन ब्राण्ड कम्पनी ‘कासा’ ले आयोजना गर्न लागेको उतm इभेन्ट यहि ३० अगस्टमा हुँदैछ ।

फेशन शो मा नेपालसहित फिनल्याण्ड, अफ्रिका, भारत, इन्डोनेसियालगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय मोडलहरु र्‍याम्पमा हिड्ने छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रनवेमा हिड्ने सबै मोडलहरुले नेपालमै बनेको कासाको डिजाइनर पहिरनहरु लगाउने छन् ।

कासाका सञ्‍चालक रमिला नेमकुलका अनुसार नेपाली ब्राण्डलाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउने इभेन्टको मुख्य उद्देश्य रहेको बताए ।

योसँगै भिजिट नेपाल २०२० लाई केही मात्रामा प्रबर्द्धन गर्नु पनि यसको पहल रहेको उनले बताए ।

शोका विशेष अतिथिका रुपमा विश्वकै ठूलो फेसन हाउस ‘गुची’ का अफिसियल फोटोग्राफर मेनुयल स्क्रिमा आउने छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी कासाले र्‍याम्पमा हिड्ने अन्तराष्ट्रिय रनवे मोडल, सेलिब्रेटी र डेब्यू २०१९ का प्रतिनिधिहरुलाई मिडियासँग परिचित गराएका छन् ।

पत्रकार सम्मेलनमा फिनल्याण्डकी मोडल तथा टेलिभिजन प्रस्तोत एनी कुकोहोभी, इन्डोनेशियाकी मोडल अल्फ्रिडा अलिफिया, मिस युनिभर्स जाम्बिया २०१८ इमान्युलाका, मिस अर्थ इन्डिया २०१८ निशी भारद्धाज साथै अन्तराष्ट्रिय फेसन इन्स्टिच्युट मिलानाका अन्तर्राष्ट्रिय फेसन फोटोग्राफर उपस्थित भएका थिए ।

नेपालमै बनेको पहिरन लगाएर र्‍याम्पमा हिड्न निकै आँतुर रहेको मोडल अल्फ्रिडा अलिफियाले बताएकी छिन् ।

र्‍याम्पमा अन्तर्राष्ट्रिय मोडलको रुपमा यी मोडलहरुसँगै मिस एसिया तथा भारतीय मोडल रेवती क्षेत्री पनि सहभागी रहने छिन् ।

फिनल्याण्डकी मोडल तथा टेलिभिजन प्रस्तोता कुकोहोभी आफू काठमाडौंमा आइसकेको छु भन्ने कुरा अझैसम्म पनि विश्वास नलागेको बताइन् । उनी पनि र्‍याम्पमा हिड्नको लागि एक्साइटेड भएको बताउँछिन् ।

यसैगरी नेपालको तर्फबाट र्‍याम्पमा मिस नेपाल २०१८ का विजेताहरु मिस नेपाल वर्ल्ड २०१८ श्रृङखला खतिवडा, मिस नेपाल युनिभर्स २०१८ मनिता देवकाटा, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, मिस नेपाल इन्टरनेशनल २०१८ रोनाली अमात्य र मिस नेपाल सुप्रानेशनल २०१८ महिमा सिंहले पहिलो पटक सहभागिता जनाउने छन् ।

त्यस्तै मिस नेपाल वर्ल्ड २०१६ अस्मी श्रेष्ठ, मिस नेपाल वर्ल्ड २०१७ निकिता चन्दकले पनि सहभागिता जनाउने छन् ।

मोडलहरुमा एसियाज नेक्स्ट टप मोडल र किंगफिसर मोडल आस्था पोख्रेल, इन्डियाज नेक्सट टप मोडल सविता कार्की र मोडल सन्दिपा लिम्बु र नेपाली ट्रान्सजेन्डर मोडल अन्जली लामा पनि सहभागी हुनेछन् ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६  १८:०५
प्रतिक्रिया दिनुहोस्