
काठमाडौं । अगस्ट २६ सोमबार अमेरिकन पप रक ब्याण्ड जोनस ब्रदर्सको लागि निकै अविस्मरणीय रात रह्यो । जोनस ब्रदर्स ११ वर्षपछि एमटीभीको भिडियो म्यूजिक अर्वाडमा मनोनित मात्रै भएनन्, ‘बेस्ट पप’ को अवार्ड पनि हात पार्न सफल भए ।
अमेरिकाको न्यू जर्सीमा भएको अवार्ड कार्यक्रममा निक जोनसका तीनै दाजुभाई र केभिनका श्रीमती डानियल जोनस र सोफि टर्नर पनि उपस्थित थिए । तर निककी श्रीमती प्रियंका चोपढा भने अर्वाडमा उपस्थित थिइनन् ।
अवार्डको लागि उद्घोषकले जोनस ब्रदर्सको नाम लिने बितिकै निकको दुबै छेउ रहेका भाई बुहारीहरुले एकअर्कालाई किस गर्दै खुशीको पल साटे । तर प्रियंका अवार्डमा सहभागी नभएकोले निक भने दुई जोडीको बीचमा बसेर हाँसिरहेको तस्बिरहरु सार्वजनिक भएका छन् ।
जोनस ब्रदर्सले उनीहरुको नयाँ गीत सकर बाट ‘भिएमए’ २०१९ मा ‘बेस्ट पप’ को अर्वाड उचालेका हुन् ।
यो गीतको भिडियोमा जोन्सका तीनै दाजुभाई र उनीहरुका श्रीमतीहरु फिर्चड छन् ।