site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘जाइरा’को ‘जिन्दगीको खेल’ गीतको ओएसटी रिलीज
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । भदौ ६ गते शुक्रबार कृष्ण अष्टमीको अवसर पारेर प्रदर्शनमा आएको अभिनेत्री नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘जाइरा’ को ओरिजिनल साउण्ड ट्रयाक ‘जिन्दगीको खेल’ सार्वजनिक भएको छ ।
‘टम्बल वीड’ ब्याण्डले तयार पारेको यो गीतको भिडियोमा चलचित्रकै केहि सिनहरु राखिएको छ भने प्रियंका आरएल थापा, मोनिषा कर्माचार्य, मोनिका कर्माचार्य र सेलिषा श्रेष्ठको गेस्ट अपिरियन्सका रुपमा छन् ।
एक महिलाले लिने बदलाको कथामा आधारित भएर बनेको ‘जाइरा’ मा अभिनेत्री नम्रता मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । आफ्नो चरित्रलाई आत्मसात गर्न आठ महिना लामो तालिम लिएर उनले मार्शल आर्टका सबै फर्म सिकेकी थिइन् ।
यसमा नम्रतासँगै प्रमोद अग्रहरि, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरलगायतको अभिनय छ । चलचित्रका निर्देशन र लेखन आशुतोष राज श्रेष्ठको रहेको छ । चलचित्रको पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनको हो ।
अभिनेत्री श्रेष्ठको प्रोडक्सन कम्पनी नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १६:०९
प्रतिक्रिया दिनुहोस्