site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
यी हुन् नेपाल लोक स्टारका उत्कृष्ट ११ प्रतिस्पर्धी

काठमाडौं । मौलिक रियालिटी शो (सांगीतिक प्रतियोगिता) ‘नेपाल लोक स्टार’मा उत्कृष्ट ११ जना प्रतिस्पर्धी बाँकी छन् । १८ औं श्रृंखला प्रशारण हुँदा उत्कृष्ट ११ प्रतिस्पर्धी बाँकी छन् । 

जज राउन्डबाट मेगा अडिसनमा आइपुगेका १०९ जनाबाट २३ प्रतिस्पर्धी छनोट भएका थिए । जसमध्ये तीन जना गोल्डेन स्टार विजेता थिए । टप २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय भइरहेको छ । 
 
३६ औं श्रृंखलासम्म प्रशारण हुने कार्यक्रमका विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।

‘नेपाल लोक स्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उत्कृष्ट ११ प्रतिस्पर्धीः 

रामकुमार नेपाली

रामेछापका रामकुमार नेपाली नेपाल लोक स्टारमा गोल्डेन स्टार पाएका प्रतिस्पर्धी हुन् । हिउँ खोलीको चिसो पानी, नाचिदेउ मैच्याङ्ग सोह्र वर्षे उमेरैमा, आकाशैको कालो बादल जस्ता गीत गाएर दर्शक तथा स्रोताको मन जित्दै आएका उनले उत्कृष्ट १२ सम्मको यात्रा तय गरिसकेका छन् । 

वाल्यकाल देखि नै बुवासँगै गीत गाउँदै हिँड्ने रामकुमारले गाउँमा हुने विवाहमा सयौं गीत गाउँदै हिँडेका छन् । ०६३ बाट गीत रेकर्ड गराउन थालेका उनको लय तथा शब्दमा स्वर्गमा चुले निम्तो छ रेकर्डक भइसकेको छ । 

काठमाडौंका कयौं दोहोरी साँझमा काम गरिसकेका रामकुमार अहिले फूलबारी दोहोरी साँझमा गाएर जिविको पार्जन गरिरहेका छन् । स्कुलमा ८० रुपैयाँ तिर्न नसकेर काठमाडौं छिरेका उनले पछि डाक्टर पढ्ने छात्रबृत्ति पाउँदा पनि त्यसलाई लत्याएर सांगीतिक क्षेत्रमै लागे । सुरुमा गीतसंगीतमा नलाग् भन्ने उनका बुवा अहिले छोरोले सांगीतिक आकाशमा सफलता चुमेको हेर्ने सपना पालेर बसेका छन् । 

सांगीतिक क्षेत्रमै जीवन समर्पण गर्ने अठोट गरेका रामकुमारलाई नवीन खड्का, कुमार बस्नेत, नारायण रायमाझी मनपर्ने गायक हुन् । 

रविराज शाह

भारतमा बसेर गीतसंगीतमा क्रियाशील रविराज नेपालमा पनि चिनिन सकुँ भनेर नेपाल लोक स्टारमा सहभागी हुन आए । ०६७ मा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका उनले नेपाल लोक स्टारमा भोजपुरी गीतसँगै नेपाली लोक गीत गाउँदै उत्कृष्ट १२ सम्मको यात्रा तय गरेका हुन् । 

टुङ्गनाको धुनमा, गलबन्दी, बल्लबल्ल भेट भयो, अवध नगरी लगायतका गगी गाएका उनलाई तराईको मैथिली र भोजपुरी गीत पनि नेपालकै गीत हो र पहाड र हिमालको गीत पनि तराईको गीत हो भन्ने सन्देश दिनु छ ।

सानै देखि गीतसंगीत भनेपछि हुरुक्कै हुने रविराजले सर्लाहीका स्थानीय ब्यान्डमा बसेर थुप्रै गीत गाएका छन् । ०६२ सालतिर अर्केष्टामा गीत गाएर १५० देखि हजार रुपैयाँसम्म लिएर उनलाई याद छ । श्रुतीसंगीत महाविद्यालयमा संगीतको साधना गरेका रविराजले चलचित्र प्रेमलिलाको गीतमा संगीत गरिसहेका छन् । टि सिरिजका लागि गाइसकेका छन् । 

एक दर्जन गीत कम्पोज गरिसकेका उनका गीत वारिस खान, राजा हसनले गाइसकेका छन् भने अञ्जु पन्तको स्वरमा पनि गीत रेकर्ड भइसकेको छ । संगीत साधनाको विकल्प आफूले सोच्न पनि नसक्ने उनी बताउँछन् ।

मुना अर्याल

वालपन देखि नै गीतसंगीत भनेपछि हुरुक्कै हुजे चितवनकी मुना अर्याल नेपाल लोक स्टारकी उत्कृष्ट १२ मध्येकी एक प्रतिस्पर्धी हुन् । लोक गीतसंगीतमा रमाउने मुनाले माली गाईको, रातो छलेकीमा, सिमसिमे पानीमा, रौसी खान जाम्, माझी दाइ, पानको पात, भैंसी लड्यो है, हे साइँला, रेलै घुेर, सुनको जन्तर लगायत गीत आएर दर्शक तथा स्रोताको मन जित्दै आएकी छ्न । 

परिवारिक पृष्ठभूमी सांगीतिक नभएकी मुना चितवनका स्थानीय रेडियोमा लोक गीतका कार्यक्रम चलाउँदा चलाउँदै संगीतमा रमाउन थालिन् । र यसमै आफूलाई समाहित गर्दै लैजान थालिन् । रेडियोमा अरुलाई प्रतिस्पर्धा गराउने मुना अहिले आफैँ प्रतिस्र्धाको मैदानमा उत्रिएकी छिन् । 

उनको स्वरमा एउटा गीत पनि रेकर्ड भइसकेको छ । गीत संगीतमा आफ्नो भविश्य खोजिरहेकी उनी रेडियो र टेलिभिजनमा पनि उत्तिकै मोह रहेको बताउँछिन् । खेम सेन्चुरी कुलेन्द्र विश्वकर्मा, विष्णु माझीका स्वर सुनेर उनी कहिले पनि अघाउँदिनन् । 

पविन्द्र सुनार

बाजुर स्थायी घर भएका पविन्द्र सुनार नेपाल लोक स्टारमा अडिसन राउन्डमा गोल्डेन स्टार पाएर सिधै उत्कृष्ट २० मा आइपुगेका प्रतिस्पर्धी हुन् । राज सिक्देल, शिव परियार, रामजी खाँडको स्वर मन पराउने उनी बच्चैदेखि गीतसंगीतका पारखी हुन् । 

नेपाल लोक स्टारमा कलकत्ते काइँयो, चुरी छमछम, रेशम फिरिरी, कलिलो तामाले, लुट्न सके लुट कान्छा, खानी खोला गीत गाएर उनले उत्कृष्ट १२ सम्मको यात्रा तय गरिसकेका छन् । 
स्कुलमा छँदा शिक्षकहरुले पविन्द्रको स्वर मन पराएर गाउन लाउँथे । साथीहरु हौस्याउँथे । उनको स्वरको चर्चा स्थानीयस्तरमा राम्रै हुन थालेको थियो । धनगढी आएपछि खप्तड सांस्कृतिक परिवारमा आबद्ध भए । गाउन थाले । स्थानीय शोमा उनलाई बोलाउन थालियो । टिकापुर महोत्सवमा गाउने अवर पाएपछि उनको प्रतिभाले अझै फैलिने अवसर पायो ।

सुदुरपश्चिमका मेला महोत्सवमा उनलाई डाक्न थालियो । परिणाम उनले सुनचाँदीको पेशा छोडेर गीत गाउँदै हिँड्न थाले । अहिलेसम्म उनको स्वरमा एउटा गीत पनि रेकर्ड भइसकेको छ । तर बजारमा भने आएको छैन ।  

गीतसंगीत बाहेक आफूले अहिले अरु केही पनि देख्न छोडेको बताउने पविन्द्र आफ्नो भविश्य संगीतमा खोजिरहेका छन् ।

शनी विश्वकर्मा 

रोल्पाका शनी विश्वकर्मा नेपाल लोक स्टारका उत्कृष्ट १२ प्रतिस्पर्धी मध्यका एक हुन् । उनले तिरिरी मुरली बज्यो बनैमा, कलकते काइयो, सालको पात टपरी, पिँढीमा बसेर लगायतका गीत गाएर उत्कृष्ट १२ सम्मको यात्रा तय गरेका हुन् । 

रोल्पाका शनी नेपाल लोक स्टारमा सहभागी हुन पहिलो पटक काठमाडौं आएका हुन् । पारिवारिक पृष्ठभूमी सांगीतिक नभए पनि उनलाई गीतसंगीतमा लाग्न परिवारको पूर्ण सहयोग छ । 

उनले एउटा गीत पनि रेकर्ड गराइसकेका छन् । भलै त्यो बजारमा भने आइसकेको छैन । लोकगीतसँगै अरु विधाका गीत पनि गाउन सक्ने उनलाई राजेशपायल राई, राज सिक्देल, शिव परियार र रामजी खाँड मन पर्ने गायक हुन् । 

विनोद दनुवार

उदयपुरका विनोद दनुवारले गोठालो तथा मेलापात जाँदा गीत गाउन सिके । त्यहीँबाट उनलाई गीतसंगीतको नसा लाग्यो । चार वर्ष मलेसिया बस्दा पनि उनलाई गीतको नसाले छोडेन । जता गीत बज्यो उतै कुद्ने उनी कतै गीत गाउन पाइन्छ की भन्ने आशैआशमा बस्थे । 

नेपाल फर्किएर गीतसंगीतमै अवसर खोजीरहेका बेला नेपाल लोक स्टार सुरु भयो । त्यहीँ उनले भाग लिए । भैटैमा भयो सोल्टी ज्यू, कर्मै हारा, बाँजो खेतमा, घर त हिले हो, नौजाले मायाँ र धनकुटा डाँडा बजार गाएर उत्कृष्ट १२ मा आइपुगेका उनलाई सांगीतिक क्षेत्रमै आफ्नो भविशय खोज्न मन छ । 

राजेशपायल राई, हेमनत कान्छा, राजु परियार उनलाई मन पर्ने गायक हुन् ।

दीपेन्द्र राई

देउसी भैलो र स्कुलमा गीत गाउँदा गाउँदै संगीतका सुरु बिना बाँच्न नै हम्मेहम्मे पर्नेरछ भन्ने अनुभव गर्न थाले भोजपुरका दीपेन्द्र राई । 

पुर्वेली लोक भाका गाउँदै नेपाल लोक स्टारको उत्कृष्ट १२ मा आइपुगेका दीपेन्द्रले धरान धनकुटा, सलल पानी, मालिङ्गा काटी, झमझम स्टकोट, वाइरोटको बााटोमा, आकासैमा चिल होइन, वारी जमुना लगायत गीत गाएर प्रतिस्पर्धीलाई पछि पार्दै आइरहेका छन् ।

राजेशपायल राई, जीतेन राई, सुगम पोखरेल, प्रमोद खरेल उनलाई मन पर्ने गायक हुन् । नेपाली तारा सिङ्गगिङ्ग स्टारमा भाग लिइसकेका उनी पूर्वाञ्चल रेकर्डिङ्ग स्टुडियोमा काम गर्छन् । 

सांगीतिक क्षेत्रमै भविश्य खोजिरहेका दीपेन्द्र राईले करिब तीन दर्जन गीत गाइसकेका छन् । संगीत नै जीवन हो भन्ने उनी संगीत बिनाको जीवन अधुरो हुने बताउँछन् । 

भीम नेपाली

गुल्मीका भीम नेपाली डेन्जर जोनमा नपरी टप १२ सम्म आइपुगेका प्रतिस्पर्धी हुन् । भीमले नेपाल लोक स्टारको मञ्चमा तिम्रो नै माया, काफलगेडी कुटुक्कै, हरियो डाँडा माथि, सम्झना बिर्सना, लेकाही हो, हेलम्बुको बजारमा, देखन चम्पा गीत गाइसकेका छन् । 

गुल्मी शैली लोक तारा २०७० का विजेतासमेत रहेका भीमलाई मनपर्ने गायक कुलेन्द्र विश्वकर्मा, राज सिक्देल हुन् । सानै देखि गीतसंगीत भनेपछि हुरुक्कै हुने भीमका लागि गायन मात्रै जिविको पार्जनको एक मात्रै विकल्प हो । लक्ष्य प्राप्ती नभएसम्म संघर्षसँग पौंठेजोरी खेलिरहने उनी बताउँछन् । 

सुशील आचार्य

सुशील आचार्य बुटलमा बस्छन् । एसएलसी पछि मात्रै उनलाई संगीतका सुरले तानेको हो । एफएम रेडियोमा शिव परियारको गीत बाटो मोडर गयौ कसैले गाएको सुनेपछि उनले पनि आफूलाई रोक्न सकेनन् । र अन्ततः गीतसंगीतलाई नै प्राथमिकतामा राखेर त्यसमै आफ्नो भविश्य खोज्न थाले । 

रामराम बनैमा, गलबन्दी, टुङ्गनाको धुनमा, आगे आगे तोपैको गोला, साईली रिमाइ, फूलमा मौरी, झम्के गुलेली, नाच फिरिरी गीत गाएर उत्कृष्ट १२ को यात्रा तय गरेका हुन् । 

नारायण गोपाल, भक्तराज आचार्य, सत्यस्वरुप उनलाई मनपर्ने गायक हुन् । नेपाल आइडल सिजन २ मा थिएटर राउन्डसम्म पुगेका सुशील वुटवल आइडल ०७४ का विजेता पनि हुन् । सांगीतिक क्षेत्रमै भविश्य खोजिरहेका उनी भन्छन्, मैले वाध्यताले अरु कुनै पेशा अपनाउनु पर्यो भने पनि म त्यसमा रमाउन सक्ने छैन । 

प्रभुराज पाण्डे  

बाजुराका प्रभुराज पाण्डेले डेढ वर्षको उमेरमै आमा गुमाए । बुझ्ने हुँदै गएपछि आमा गुमाउँदाको दुःख भोग्न थाले । विछोडको त्यही पीडा र बेदनामा उनी ठाडी भाका गाएर मन बुझाउँथे । सायद बेदनामा गीत गाउँदा गाउँदै उनको स्वर माझियो । 

ओखर बोट, स्वर सम्राट, किङ्ग प्यालेस लगायत दोहोरी साँझमा दोहोरी गाएका प्रभुराज अहिले नेपाल लोक स्टारको टप १२ मा आइसकेका छन् । बालो नाच, ठाडी भाका (देउडा) राई झुम, यो नानीको शीरैमा, बेली चमेली, जिम्वाल वाको आगनीमा, सुनकोषी पूर्व पर्यो, मलाई अमेरिका यही लगायत गीत गाएर आफ्नो प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दै आएका प्रभुराजलाई राजु परियार, रामजी खाँड र प्रकाश थापा मनपर्छ । 

विछोड, दुःख र त्यसबाट सिर्जित बेदनाले गाएक बनेका प्रभुराजले ५ वटा गीत रेकर्ड पनि गराइसकेका छन् । आफ्नो स्वर लोक गीतकै लागि फिट हुने बताउने उनी शिक्षकको जागिर छोडेर संगीतमा होमिएका हुन् । गीतसंगीतलाई नै पेशा बनाएका प्रभुराज विछोड बोल्ने गीतका पंक्ति पंक्तिले आफ्नै जीवन कथा भनेकको अनुभुत गर्छन् । 

चेतन गोतामे 

स्याङ्गजाका चेतन गोतामे नेपाल लोक स्टारका उतकृष्ट १२ प्रतियोगी मध्येका एक हुन् । वर्षा याम लाग्यो, शीरै लाउने शीरफूल, बाल जोवन, सोह्र वर्षे उमेरैमा, नाचीदेउ मैच्याङ्ग, लुकीलुकी सेती बग्यो, भन्थ्यौ आमा नेपालमा, हर साल आई मागी, आमा रुँदै लगायत गीत गाएर उत्कृष्ट १२ मा आइपुगेका चेतनलाई गीतसंगीतले बचपन देखी नै मोहनी लगाएको हो । 

घरमा कोही आयो भने मादल निकालेर बजाउँदै त्यसमा गीत गाएर सुनाउने उनको बानी थियो । परिवारमा सांगीतिक क्षेत्रमा कोही नभए पनि उनले भने संगीतलाई नै आफ्नो कर्म क्षेत्र बनाएका छन् । 

उदीतनारायण झा, विष्णु माझी, पुरुषोत्तम न्योपानेको स्वर सुनेर उनी आजसम्म अघाएका छैनन् । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठाले ०७४ मा आयोजना गरेको एकल दोहोरी प्रतियोगितामा सान्तवना पुरस्कार हात पारेका चेतनले ६६ सालदेखि गीत गाउँदै आएका छन् । उनले ५ दर्जन गीत गाइसकेका छन् । 

तस्बिरः नेपाल लोकस्टारको फेसबुक पेजबाट
 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  १७:५५
प्रतिक्रिया दिनुहोस्