site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने 

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सदरमुकाम भरतपुरका तोकिएको स्थानमा पाँच जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन निषेध गरेको छ । कार्यालयले आइतबार बेलुकी निषेधाज्ञा जारी गर्दै आज बिहान ६ बजेदेखि पाँच जनाभन्दा बढी एकै स्थानमा भेला हुन नपाउने नियम जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी आदेशमा ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन सम्बन्धी अनुसन्धान, अभियोजन र न्यायिक निरुपणका सिलसिलामा न्यायिक हिरासतमा रहेका कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुबाट अशान्ति हुन सक्ने देखिएको’ उल्लेख छ । आदेशमा भनिएको छ “मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरु रहेको क्षेत्रमा हुलदङ्गा र अशान्ति हुन सक्ने देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजिम भदौ ९ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो आदेश जारी गरिएको छ ।”

आदेशमा वाईपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीसकोठी चोकसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा हुन पाइने छैन  ।

यसैगरी, बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक–नारायणी मावि चोक–कृषि ज्ञान केन्द्र हुँदै लोकमार्गतर्फको चौबीसकोठी चोकसम्म, बाइपास सडकतर्फको घरेलु कार्यालय चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकसम्मको क्षेत्रमा त्यसरी जम्मा हुन निषेध गरिएको छ ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणपछि पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै भरतपुरमा दिनहुँ प्रदर्शन हुँदै आएको छ । 

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उक्त आदेश जारी गरिएको प्रशासनले जनाएको छ । 

प्रर्दशनकारी र प्रहरी बीच झडप हुंँदा आईतबार साँझ प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । सो क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुईदर्जन अश्रुग्यास प्रहार गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  ०६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro