site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महफिलका केही कुरा 
SkywellSkywell

शुक्रबार दिउँसो सिमसिमे पानीमा रुझ्दै महफिल हुने मजलिस पुगियो । धेरै पछि पुगेको थिएँ महफिलमा । र, दर्के झरीका कारण महफिलमा पूरा समय बसियो ! 

महफिल सजिन थालेको लामो समय बितिसकेको छ । मलाई सम्झना छ, म पहिलो पल्ट महफिलमा पुगेको थिएँ पुतलीसडकस्थित एउटा सानो कोठामा । सबै वरिष्ठ काव्य स्रस्टा भूइँमा ओच्छ्याइएको चकटीमा बसेका थिए । 

त्यस दिन गजल लेखनका बेताज बादशाह मिर्जा गालिबको जन्मजयन्ती मनाइँदै थियो । त्यस कार्यक्रमका आयोजक कुन संस्था वा व्यक्ति थिए, त्यता ध्यान गएन । बस्, म तानिएको थिएँ, मिर्जा गालिबको नामले । गालिबको गजललाई यसै कहाँ पन्छाउन सकिन्छ र ! 

KFC Island Ad
NIC Asia

त्यस कार्यक्रममा गालिबको एउटा शेर मैले पनि वाचन गरेँः 

दिले नादान तुझे हुवा क्या है 
आखिर इस दर्द की दवा क्या है ।

Royal Enfield Island Ad

त्यहाँ उपस्थित गजलकारहरूले, कविहरूले गालिबकै सम्झनामा आफ्नो गजल र काव्य रचना वाचन गरे । कतिले गालिबकै गजल गाए । 

त्यो कार्यक्रममा मलाई बोलाएका थिए, डा. सनतकुमार वस्तीले । उनी गजल मात्रै लेख्छन् । उनको गजलमा श्रृंगारिकता प्रचूर भेटिन्छ । उनको गजलमा मायाप्रेम अत्यधिक अभिव्यक्त हुन्छ । अर्थात्, उनी गजलमै मग्न छन् । हिजो पनि आज पनि । सायद भोलि पनि ।   

नेपाली र संस्कृत भाषाका ज्ञाता डा. वस्तीले त्यस कार्यक्रममा गालिबसँगै उर्दू भाषाको कुरा पनि गरे । उर्दूका कैयन् शब्दका अर्थ पनि लगाए । अर्थात्, उर्दू भाषामा पनि डा. वस्तीको पकड छ । यही भन्न सकिन्छ । 
अर्को पटक अनामनगरमा त्यस्तै एउटा जमघट भयो । त्यो जमघट पनि महफिल नै थियो । त्यो महफिलमा धेरैले कविता सुनाए । थोरैले गजल सुनाए । त्यसै महफिलमा पहिलो चोटी कवि नवराज पराजुलीसँग भेट भएको थियो । त्यो दिन नवराजले लामो तर चोटिलो कविता सुनाए । गजलमा वाह! वाह! नसुनिए पनि नवराजको कवितामा वाह! नभन्ने कोही थिएनन् !

यसरी महफिल महफिल हिँड्दै गरेको पनि पाँच वर्ष भन्दा बढी बितिसकेको छ । शुक्रबार सम्पन्न महफिलमा कार्यक्रमका संयोजक डा. वस्तीलाई सोध्दा उनले कतिआँै महफिल त भनेनन्, तर पाँच वर्षमा आफूहरू दगुरिरहेको बताए । 

एउटा अर्को महफिलको सम्झना हुन्छ मलाई ।  त्यो दिन धोबिघाटस्थित  ठाडोढुंगा जानु थियो । महफिल अर्का सारथी डा. कृष्णजंग राणाकै घरमा मुुसायरा हुँदैथियो । म गजलकार करुण थापाका साथ त्यहाँ पुगेँ ।
डा. राणाको घर पछाडितर्फ रहेको सानो हल सुन्दर तरिकाले सजाईएको थियो । वास्तवमा त्यो महिफलका लागि नै बनाएको मजलिस भान हुन्थ्यो । त्यो सानो तर सुन्दर मजसिल घर देखेर एकछिन चकित भएको थिएँ ।

त्यहाँ कुर्सी र सोफाहरू वरिपरि थिए । बीचमा टेबलहरू थियो । साउण्ड सिस्टम पनि जडान थियो । माइक नै नचाहिने त्यो सानो हलमा माइकमा गजल वाचन गर्दा फरक अनुभूत गर्दैथिए, गजलकारहरू । 
वास्तवमा त्यो मजलिसमा महफिलको रौनक मनलाई मोहित पार्नेखालको थियो । त्यसमाथि गजल स्रस्टा डा. कृष्णजंग राणा, अर्का गजलकार, उर्दू भाषाका ज्ञाता तथा संस्कृतिविद् चेतन कार्कीको उपस्थितिले त्यो महफिल झनै चम्किएको थियो । 

त्यहाँ डा. राणा, कार्की, डा. वस्तीसँगै थिए गजलकारहरू रवि प्रञ्जल, करुण थापा, प्रकाश सायमी, कवि राजेन्द्र शलभ अनि समाजसेवी कृष्णविक्रम थापा पनि । 

त्यसपछि नै हो, ‘महफिल–ए– काव्य उपासना’को जमघट सजिन थालेको । निरन्तर महफिल जम्न थालेको । मुसायरा गुञ्जिन थालेको । त्यहीँबाटै महफिल– ए –काव्य उपासनाको संरक्षकत्व लिए डा. राणाले र अध्यक्ष भए चेतन कार्की ।

कहिले कता कहिले कता हुँदै आइरहेको महफिलले अन्ततः एउटा गन्तव्य पायो । त्यसपछि महफिल बबरमहलस्थित एउटा कलेजको पुस्तकालय कोठामा हरेक महिना आयोजना हुन थाल्यो । त्यहीँ गजलकार कवि तथा साहित्यकारहरू महिनाको अन्तिम शुक्रबार महफिलमा जुट्न थाले । 

एकदिन महफिलका संरक्षक डा. कृष्णजंग राणासँग कुराकानी हुँदा उनी भन्दै थिए, “यो उमेरमा पनि मेरो मिल्ने साथी भएको छ गजल । ८५ वर्ष उमेर कटिसकेकोे मेरा लागि गजल लेखन र वाचन (अझै गायन, किनभने उनी तरन्नुममा गाउँछन् गजल)ले मलाई सदैव उर्जा दिन्छ ।” 

साउनको अन्तिम शुक्रबारको महफिलमा विशेष कारणबस् चेतन कार्की अनुपस्थित भए । डा. राणा कार्यक्रमको लागि तोकिएको निर्धारित समयमा आइपुगे । गजल लेखक दलविरसिंह बराईली महफिलको भिडियो खिच्ने तयारी गर्दैैथिए ।

कार्यक्रम सुरु भयो डा. राणाको तरन्नुम अर्थात् लयबाट 

तनको पीर भन्दा ठूलो मनको पीर हुँदो रैछ
सागर पानी भन्दा गहिरो आँखा नीर हुँदो रैछ ।

डा. राणाले प्रेम रसले भरिएको एउटा नेपाली र एउटा हिन्दी गजल वाचन गरे । यो उमेरमा पनि उनको गजलमा माया र प्रेम पोखिने गरी भरिएको थियो । महफिलमा पाका उमेरका केही व्यक्ति थिए । ती सबैले मायाप्रितीका कुरा गरे, आफ्नो रचनामा । पाकाहरूको प्रेमपूर्ण काव्य चर्चाले युवाहरूलाई हँसायो । यसरी नै महफिलमा बेलाबेलामा हाँसोको मूल फुटिरहेको थियो ।

गजलको सिद्धान्तमा भनिन्छ, ‘गजल भनेको प्रेमिपे्रमिका बीचको वार्तालाप हो । त्यसैले गजलमा श्रृंगारिकता अत्यधिक हुनुपर्छ ।’ त्यसैले होला, महफिलमा पाकाहरू सिद्धान्त पछ्याउँदै गजल र कवितालाई श्रृँगाररसले निथुक्क भिजाउँदै थिए । 

महफिलका संयोजक गजलकार डा. सनत वस्तीले साज (हारमोनियम)का साथ आवाज खोलेः

चैनको एक प्रहर भए पुग्छ
स्वासको दुई लहर भए पुग्छ ।
जिउने मर्ने कसमहरू छोड
साथी बन्ने रहर भए पुग्छ ।

डा. वस्तीपछि उर्दू भाषामा गजल लेखेर महफिल सजाउँदै आएका इम्तियाज वफा र मोविन खानले उर्दूका केही गजलहरू आफ्नै शैलीमा लयका साथ वाचन गरे । यिनका गजलको भावमा रमाउँदै पाका कविहरू डा. राणा, प्रा. विष्णु एस. राई र प्रकाशप्रसाद उपाध्याय भन्दै थिए, ‘गजल सुन्ने र गजल लेख्नेहरू कहिल्यै बुढो हुँदैनन् । तिनलाई गजलमा प्रयुक्त शब्द र भावले सधैँ जवान हुने उर्जा दिइरहेको हुन्छ ।’

फेरि एक पटक महफिलमा हाँसोको फोहोरा छुट्यो । तर महफिलमा उपस्थित काव्य साधक हाँसेनन् मात्रै, ती गम्भीर पनि भए । त्यहाँ गजलको रिढ मानिने बहरका विषयमा चर्चा भयो । कसको गजल कुन बहरमा थियो, र बहर गजलमा किन आवश्यक छ भन्ने कुरा पनि उठ्यो । 

बहर व्याख्यासँगै केहीले आफूले लेखेको गजलको बहरका बारेमा पनि बताए । यसरी यस पटकको महफिल– ए – काव्य उपासनामा डा. वस्ती, इम्तियाज वफा, मोविन खान, रमेश रसिक पौडेल, आर्या आयुषालगायतले बहरयुक्त गजल वाचन गरे ।

कार्यक्रममा प्रा. तिर्थराज वन्त, प्रकाशप्रसाद उपाध्याय, ढकाल राधेश्याम, शारदा पराजुली, तपन जीएमलगायतले आफ्नो रचना सुनाएका थिए धैर्यतापूर्वक रचना सुन्ने स्रोताहरू पनि मनग्यै थिए । 

उर्दू एकेडेमीका अध्यक्ष इम्तियाज वफा महफिलमा प्रायः भेटिन्छन् । उनी भन्दै थिए, “महिनामा एक पटक मात्रै पनि यहाँ आउँदा निक्कै आनन्दको अनुभूत हुन्छ ।” 

महफिल– ए – काव्य उपासनामा गजल क्षेत्रका हस्तीहरूको भीड लाग्छ कहिले काहीँ । गजलका माली ज्ञानुवाकर पौडेलदेखि डा. घनश्याम न्यौपाने परिश्रमीजस्ता पुरानादेखि नयाँ स्रस्टा त्यहाँ भेटिन्छन् । 

यस पटक महफिलमा भाषाविद् शरच्चन्द्र वस्ती पनि थिए । उनले वाचन गरिएका गजलहरूको प्रशंसा गर्दै आफूलाई उर्दूका प्रख्यात शायर साहिर लुधियानवीका गजल मनपर्ने बताए ।

अनि उनले गुनगुनाए, एउटा फिल्मी गजलः

मै जिन्दगी का साथ निभाता चला गया
हर फिक्र को धूएँ मे उडाता चला गया ।

तर, दर्के झरीले मलाई फिक्र (चिन्ता) गर्नुपर्ने अवस्था सिर्जना गरेको थियो । कारण, छाता जो बोकेको थिइनँ ! 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro