
भारतीय चर्चित र्यापर बादशाह सेक्सलाई ट्याबुको रुपमा लिन नहुने बताउँछन् । उनका अनुसार उचित उमेर पुगेपछि हरेक आमाबुवाले छोरीसँग बसेर यस विषयमा खुलेर कुरा गर्नुपर्छ ।
बादशाहको एक छोरी छिन् । उनी आफ्नो छोरीको उमेर पुगेपछि यस विषयमा खुलेर कुरा गर्ने सोच भएको बताउँछन् । “आजको २१ औं शताब्दीमा आइपुग्दा पनि भारतमा अझै यस विषयमा बोल्न रोक लगाइएको छ । यो गलत हो,” उनी भन्छन् । आफ्ना छोरीहरुको उमेर पुगेपछि यी विषयमा जानकारी दिने हरेक आमाबुवाको महत्वपूर्ण जिम्मेवारी भएको उनले बताए ।
बादशाह चलचित्र ‘खानदानी शफाखान’ बाट बलिउडमा डेब्यू गर्दैछन् । चलचित्रको स्क्रिप्ट यौन शिक्षामा आधारित छ । चलचित्रमा बादशाह एक पंजाबी पपस्टार गबरु घातकको भूमिकामा देखिँदै छन् ।
लाइभ हिन्दूस्तान