site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभापति देउवाको आक्रोश- जे कुरामा पनि मलाई मात्रै पेल्ने ? 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी केन्द्रीय समिति बैठकमा संस्थापन इतर समूहले हरेक कुरामा पेलेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

बुधबार पार्टी मुख्यालयमा बसेको बैठकमा सभापति देउवाले भने, "जे कुरामा पनि मलाई मात्र पेल्ने ? महाधिवेशनको मिति तय त अन्तरिम संचरना गठनको काम सकेर गर्ने हो । तपाईंले पेलेर, भनेर म किन मान्छु ? तपाईहरुले भनेको जस्तोमात्रै हुनुपर्ने ?"

बैठकमा संस्थापन इतर समूहले तत्काल महाधिवेश मिति तोक्नु पर्ने अडान लिएपछि सभापति देउवा आक्रोशित भएका हुन् । बैठकमा बोल्ने क्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल चलिरहेको एजेण्डा टुंगो नलगाइ अन्य एजेण्डामा प्रवेश गर्न नहुने अडान राखे । उनले भने, "दोस्रो नम्बरको बुँदामा छलफल भइरहेको छ । यो विषयको छलफलमा संक्रमणकालीन व्यवस्था अनुसार अन्तरिम संरचना गठन र महाधिवेशनको टुंगो लाग्दैन तबसम्म अरु विषयमा छलफल गर्न पाइदैन ।" 

बैठकको एजेन्डा नम्बर २ मा आगामी १४ औं महाधिवेशनका विषयमा छलफल गर्ने रहेको छ ।

आजको बैठकमा उपसभापति विमलेन्द्र निधिले विभिन्न प्रस्ताव पेश गरेका थिए । जसमा पहिलो नम्बरमा विधानको व्यवस्था अनुसार क्रियाशील सदस्यता नविकरण एवं वितरण, दोस्रोमा कांग्रेस राष्ट्रिय जागरण अभियानको एकिकृत प्रतिवेदन प्रस्तुत र तेस्रोमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गर्ने एजेण्डा पेश गर्न खोजेका थिए ।

यी एजेन्डहरु महामन्त्री खड्काले असार २२ गते पेश गरेका १४ एजेण्डा मध्येका ३, ४ र ५ नम्बरका एजेण्डा हुन् । हाल बैठकमा एजेन्डा नम्बर २ को पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था अनुसारको गठनपछि १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्बन्धमा छलफल भइरहेको छ ।

उक्त एजेन्डामा सभापति देउवा सकारात्मक देखिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । 
             
उपसभापति निधिले बैठकमा चैतसम्म अन्तरिम संरचना गठन गरिसक्ने प्रस्ताव पनि गरेका थिए । ती केन्द्रीय सदस्यले भने, "पदाधिकारीलाई संक्रमणकालीन व्यवस्थामा कुन-कुन धारा निलम्बन गर्ने हो ? कहिलेसम्म गर्ने हो ? कुन पद्धतिमा जाने हो ? त्यसका बारेमा निकास निकालेर प्याकेजमा सहमति ल्याएर आउने निर्णय भयो ।"

जारी केन्द्रीय कार्यसमितिको आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु- कृष्णप्रसाद सिटौला, महेश आचार्य, डा. मिनेन्द्र रिजाल, धनराज गुरुङ, शंकर भण्डारीले आफ्नो धारणा राखेका थिए ।  

पछिल्लो विवादको निकासका लागि पदाधिकारीले प्याकेजमा सहमति खोज्ने र १७ गतेको बैठकमा सहमतिको प्याकेज पेश गर्ने निर्णय छ । अर्को बैठक साउन १७ गते शुक्रबार बस्ने भएको छ ।

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६  २०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro