
काठमाडौं । झरी नपरेपछि नेपाली कथानक चलचित्र ‘आमा’को इनडोर सुटिङ भइरहेको छ । साउने झरी कुरेर बसेको चलचित्र ‘आमा’को युनिट झरी नपरेपछि इनडोर सुटिङ सुरु गरेको हो ।
“झरी परेपछि सुटिङ गर्ने भनेर बसेका थियौं । तर, झरी नपरेपछि अहिले इनडोर सुटिङ गरिरहेका छौं,” आमाका निर्देशक दीपेन्द्र के खनालले बाह्रखरीसँग भने, “झरी परेपछि आउटडोर सुटिङ गर्नेछौं ।”
‘आमा’मा मुख्य कलाकारमा मिथिला शर्मासँगै सुरक्षा पन्त र सरिता गिरी छन् । सुरुमा ‘आमा’मा आमाको भूमिकामा सुर्यमाला शर्मा रहेपनि अन्तिम समयमा आएर उनी बाहिरिएपछि उनको ठाउँमा मिथिला शर्मा आएकी हुन् ।
सोलस ड्रामा ‘आमा’ आफ्नो करिअरकै कोषे ढुङ्गा हुने निर्देशक खनालले बताउँदै आएका छन् ।
शर्मिला पाण्डेको लगानी रहेको चलचित्र ‘आमा’ फागुन ९ गते प्रदर्शनमा आउने छ ।