साहित्य

अभिनेत्री कंगना रनोटको मिडियासँगको रिस ‘जजमेन्टल है क्या’ को सफलतासँगै सेलाएको छ । परिवारसँग फिल्मको सफलता मनाउन स्पीति भ्यालीमा पुगेकी कंगनाले ट्वीटरमा दर्शक र मिडियाकर्मीलाई विशेष सन्देश दिएकी छन् ।
उनले चलचित्रलाई माया गरेकोमा धन्यवाद भन्दै भिडियो सेयर गरेकी छिन् । सँगै उनले पछिल्लो केहि समयदेखि आफूसँग मिडियाकर्मी रिसाइरहे पनि निष्पक्ष समीक्षा गरेको भन्दै धन्यवाद दिएकी छन् ।
यसअघि आफ्नो फिल्मको गीत सार्जजनिक कार्यक्रममा कंगनाले एक पत्रकारलाई दुश्मन भनेकी थिइन् ।
भाष्कर
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६ १५:५३
प्रतिक्रिया दिनुहोस्