site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
'मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल-२०१९' को ग्रान्ड फिनाले साउन २४ मा, विजेतालाई एक-एक लाख नगद

काठमाडौं । मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल-२०१९' को ग्रान्ड फिनाले साउन २४ गते हुने भएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराइएको हो । शुभदिन मिडिया तथा रिसर्च सेन्टरको आयोजना र होटल एसोसिएसनको सह–आयोजनामा उक्त कार्यक्रम सम्पन्न हुने कार्यक्रम संयोजक एवम् पूर्वमिस नेपाल सुगरिका केसीले  जानकारी दिइन् । 

सरकारले आगामी वर्ष मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा मिस एन्ड मिस्टर हस्पिटालिटी नेपाल-२०१९ को आयोजना गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई टेवा पुर्‍याउने प्रतिस्पर्धात्मक कार्यक्रमको मूल उद्देश्य रहेको केसीको भनाई छ ।  

यस्तै पर्यटन, होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति निमार्ण गर्नेका लागि पनि कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । होटल अन्नपूर्णमा गरिने ग्रान्ड फिनालेका अवसरमा उक्त दिन मौलिक खाना, पहिरन र भाषालाई प्रबर्द्धन गरिने जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

करिब डेढ महिनाअघिदेखि सुरु भएको यो प्रतिस्पर्धात्मक कार्यक्रममा काठमाडौं उपत्यका र उपत्यका बाहिरका जिल्लामा होटल म्यानेजमेन्ट र हस्पिटालिटी पढाइ हुने र तालिम दिने विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए । जसमा विभिन्न चरण पार गर्दै देशभरबाट ५० जना प्रस्पिर्धीहरु ग्रान्ड फिनालेमा पुग्न सफल भएका छन् । 

यसबीचमा ग्रान्ड फिनालेमा पुग्न सफल ५० प्रतिस्पर्धीहरुलाई विभिन्न विषय विज्ञहरुले नेपालको पर्यटन, यसका सम्भावना र चुनौतीका विषयमा ज्ञान, पर्यटन क्षेत्रलाई कसरी बढी प्रबद्र्धन गर्न सकिन्छ भन्ने विषयमा सिकाइ, हस्पिटालिटी क्षेत्रका दक्ष जनशक्तिमा हुनुपर्ने गुण तथा नेतृत्व र क्षमता विकाससम्बन्धी प्रशिक्षण दिइएको विज्ञप्तिमा जनाइएको छ । मिस एन्ड मिस्टर नेपाल २०१९ मा महिला तथा पुरुषबाट एक–एक जना विजेता बन्नेछन् । 

विजेताले के पाउँछन् ?

१.   एक-एक लाख नगद पुरस्कार
२ . होटल एसोसिएसन नेपालको सदभावना दूत 
३.  क्यान्सर केयर नेपालको सदभावना दूत 
४. युनिभर्सल पिस फेडेरेसनको शान्ति दूत 
५.   एभरेष्ट फिल्म एकेडेमीबाट निशुल्क कोर्स
६.    फ्लाई टेक इन्टरनेशनलबाट निशुल्क एयर होस्टेज तालिम

उपविजेताले के पाउँछन् ?

१.    विभिन्न कलेज तथा ब्रान्डको ब्रान्ड एम्बेसेडर
२.    नेपाल स्किन केयर सेन्टरको ब्रान्ड एम्बेसडर
३.   टीभी, रेडियो तथा विभिन्न विज्ञानपनहरु मोडलिङ् गर्ने अवसर 
४.   भिजिट नेपालका विभिन्न कार्यक्रमहरुमा नजिकबाट काम गर्ने अवसर पाउनेछन् । 

प्रकाशित मिति: सोमबार, साउन १३, २०७६  १७:२८
प्रतिक्रिया दिनुहोस्