site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
स्विम सुटमा पन्जा लगाएपछि प्रिंयका ट्रोलको शिकार
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अभिनेत्री प्रिंयका चोपडा बलिउडकी फेसन आइकनको रुपमा परिचित छिन् । तर हालै उनको इन्स्टाग्राममा सेयर भएको फोटोका कारण उनको फेसन सेन्सलाई लिएर ट्रोल हुन थालेको छ ।
प्रियंकाले पति निक जोनससँग पिंक स्विम सुट लगाएको रोमान्टिक फोटो इन्स्टाग्राममा सेयर गरेकी थिइन् । उनले स्विम सुटमा पिंक कलरकै नेट पन्जा पनि लगाएपछि भने उनी ट्रोलको शिकार भएकी हुन् । प्रियंकाको अहिले सामाजिक सञ्जालमा खिल्ली उडिरहेको छ ।
केही दिन अघिमात्रै पनि उनी धुम्रपान गरिरहेको फोटोका कारण ट्रोलमा तानिएकी थिइन् भने त्यसअघि ब्याकलेस ब्लाउज लगाएका कारण विवादमा तानिएकी थिइन् । 
 

प्रकाशित मिति: सोमबार, साउन १३, २०७६  १२:०९
प्रतिक्रिया दिनुहोस्