site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फिलिपिन्ससँग जित निकाल्न नसके अंक खोस्ने नेपालको लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले पहिलो खेलमा आगामी चैत १५ गते फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ । फिलिपिन्सको मनिलामा हुने छनोटको पहिलो खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलि अन्तिम तयारीमा जुटिरहेको छ । 

नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । फिलिपिन्सविरुद्धको खेल आउन एकसाता बाँकी रहँदा मुख्य प्रशिक्षक जापानिज ग्योतुकु कोजी, सहायक प्रशिक्षक राजुकाजी शाक्य र गोल किपर प्रशिक्षक उज्ज्वल श्रेष्ठको टोलीले कप्तान बिराज महर्जनको नेतृत्वमा २० सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ । र, फिलिपिन्ससँग सके जित निकाल्ने नभए बराबरी खेल्दै अंक खोस्दै छनोटको सुरुवात गर्ने योजना नेपालले बनाएको छ ।

“तयारी राम्रै भैरहेको छ, सुरुवातमा छनोटले तयारी राम्रो गर्न सकेनौं । तर २७ खेलाडी छनोट गरेर क्लोज क्याम गरेपछि राम्रो भएको छ । खेलाडीको फिटनेसमा सुधार गरेका छौं,” सहायक प्रशिक्षक राजुकाजी शाक्यले भने,“अबको ४–५ दिनमा खेल रणनीति बनाउने छांै । हामीले खेल जित्दै ३ अथवा बराबरी खेल्दै १ अंक लिने योजना बनाएका छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

फिलिपिन्स फिफा बरियतामा नेपाल भन्दा ४६ औं स्थान माथि छ । पछिल्लो समय एसियामा पावर हाउस बन्ने होडमा रहेको फिलिपिन्सका केहि खेलाडीहरुको युरोपमा शीर्ष डिभिजनका लिग खेलेको अनुभव छ । तर, पछिल्लो दुई वर्षमा तीन उपाधि जित्दै हौसिएको नेपाली टोली बलियो फिलिपिन्ससँग खेल्न तयार रहेको बताउँछन् प्रशिक्षक शाक्य । 

“फिलिपिन्स बलियो छ । उनीहरुको तयारी सबै राम्रो छ । उसका केहि खेलाडीहरु युरोपमा खेलिसकेका छन् । बल पोजिसन, पास र क्रस निकै राम्रो छ उसको । हामीले उनीहरुको सवल पक्षलाई ध्यान दिएका छौं,” शाक्यले थपे,“तर, हामी उनीहरुसँग पुरै डिफेन्स पनि हैन, पुरै अट्याकिङ पनि खेल्दैनौ । एकमा मात्र फोकस हुँदा हामीलाई नै गार्हो हुन्छ ।  त्यसैले दुबैलाई कम्पाइल गर्दै काउन्टर अट्याक र डिफेन्सिप खेल्दै खेल आफ्नो पक्षमा पार्नेछौं ।”
नेपालले पछिल्लो समय दोहामा भएको मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग ३–० को हार बेहोरेको थियो । यस्तै नेपालले फिलिपिन्ससँग सन् २०११ यता खेलेका तीनै मैत्रीपूर्ण खेल गुमाएको छ ।

Global Ime bank

नेपालले सन् २०११ मा भएको मैत्रीपूर्ण ४–० र २०१४ मा भएको मैत्रीपूर्णमा पनि ३–० ले नतिजा गुमाएको थियो । तर, गतवर्ष बंगलादेशमा बंगबन्धु, भारतमा सम्पन्न साग गेम्समा स्वर्ण र गत कात्तिकमा एएफसी सोलिडारिटी कप जितेको कारण नेपाली टोली हौसिएको छ । “यो टोलीले पछिल्लो ३ प्रतियोगिता जित्नु नै हाम्रो टिमको प्लस पोइन्ट हो । उनीहरु यो उपाधिपछि गर्यौं भने सक्छौं भन्ने मानसिक रुपमा तयार भएका छन्,” शाक्यले भने ।
तर, नेपाली टोलीलाई खेलाडी इन्जुरीले भने सताएको छ ।

“बलियो टिम फिलिपिन्ससँग हामी उनीहरुकै घरेलु मैदानमा खेल्दै छौं,” शाक्यले भने, “यस्तो अवस्थामा खेलाडी इन्जुरीले हामीलाई केहि समस्या बनाएको छ । खेल्नै नसक्ने इन्जुरी भएको त छैन तर, सामान्य इन्जुरीले पनि टिममा समस्या आउँछ, त्यो डर हामीमा छ ।”

नेपालले पछिल्लो तीन उपाधि जित्दा टिमका मुख्य हतियार रहेका स्ट्राइकर नवयुग श्रेष्ठ, सुमन लामा र देवेन्द्र तामाङ टोलीमै परेका छैनन् । त्यस्तै स्ट्राइकर भरत खवास, मिडफिल्डर अन्जन विष्ट लगायतका खेलाडीमा हल्का इन्जुरीको समस्या छ । उनीहरु पहिलो रोजाइमा पर्ने÷नपर्ने टुंगो छैन । “खेलाडी इन्जुरीले पुरानो सेटका खेलाडी नहुँदा टिममा ब्यालेन्स हुँदैन ।  त्यसमाथि हाम्रो टिममा रिप्लेस गर्ने १९ र २० को खेलाडी कमै छ,”शाक्यले भने, “कसैको रिप्लेसमा तुरुन्त मैदान उतार्ने खेलाडी कम छ ।  हामीले भएकालाई नै घुमाएर खेलाउनुपर्ने बाध्यता छ ।”

नेपालले एएफसी एसियन कप छनोटमा ग्वामले नखेल्ने भएपछि मौका पाएको हो । ग्वामले छनोटबाट हात झिकेसँगै एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाललाई  मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेको हैसियतमा छनोटमा सहभागिता गराएको हो । अन्तिम चरणको छनोटमा एसियाका २४ टिम सहभागी छन् । 

एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको हो । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।  होम एण्ड अवेका आधारमा चल्ने छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा आगामी जुन १३ मा यमनसँग घरेलु भूमिमा खेल्नेछ । 

त्यस्तै समुह एफमा रहेको नेपालले ५ सेप्टेम्बरमा ताजिकिस्तानसँग पनि घरेलु मैदानमा खेल्दा १० अक्टोबरमा नेपालले ताजिकिस्तानसँग उसैको मैदानमा खेल्ने छ ।  त्यसपछि नेपालले १४ नोभेम्बरमा घरेलु मैदानमा फिलिपिन्सको सामना गर्नेछ । यस्तै नेपालले २७ मार्च, २०१८ मा छनोटको अन्तिम खेलमा यमनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । 

फिलिपिन्ससँग खेल्ने नेपाली टोली – 
गोलरक्षक ( किरण कुमार लिम्बु, विशाल श्रेष्ठ, बिकेश कुथु डिफेन्डर ( विराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रन्जित धिमाल, जितेन्द्र कार्की 
मिडफिल्डर ( रोहित चन्द, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अन्जन विष्ट, सुजल श्रेष्ठ 
फरवार्ड ( विमल घर्ती मगर, रन्जन विष्ट, भरत खवास, कर्ण लिम्बु
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ६, २०७३  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement