site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
राष्ट्रिय चलचित्र पुरस्कारः पुरस्कृतलाई जनही २५ हजार नगद पुरस्कार

काठमाडौं । चलचित्र विकास बोर्डले असार २७ गते ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ आयोजना गर्ने भएको छ । आफ्नो १९औं वार्षिक उत्सवको अवसर पारेर बोर्डले उक्त पुरस्कार प्रदान गर्न लागेको हो । 

“हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह विविध कारणले २०७४ र ०७५ मा हुनसकेको थिएन । यसपटक समारोहमा २०७३, २०७४ र २०७५ गरी तीन वर्षको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ,” बोर्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पुरस्कारमा सम्मानपत्र र अवार्डसँगै नगदराशी पुरस्कारको पनि व्यवस्था गरिएको बोर्डले जनाएको छ । पुरस्कृत हुनेलाई प्रति विधामा जनही २५ हजार रुपैयाँसमेत प्रदान गरिने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी गराएका छन् । अर्को वर्षबाट यो पुरस्कारको राशी बढाएर प्रति विधा ५१ हजार रुपैयाँ प्रदान गरिने निर्णय चलचित्र विकास बोर्डको बैठकबाट पारित भएको छ ।

समारोहमा तीन वर्षकै दीर्घ साधना सम्मान पनि प्रदान गरिने भएको छ । 

बोर्डले आफ्नो १९औं वार्षिक उत्सवको अवसर पारेर यही २०७६, असार १६ मा नेपाली चलचित्र क्षेत्रमा विभिन्न विधामा सम्मानित हुनुहुने सबै विशिष्ट चलचित्रकर्मी, सर्जक तथा संस्थाहरुलाई सम्मान स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गरिने निर्णय गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार २३, २०७६  १७:५८
प्रतिक्रिया दिनुहोस्